Home Login

हेलसिन्की, फिनल्याण्ड — फिनल्याण्डको राजधानी हेलसिन्कीमा नेपाली चलचित्र ‘परान’ प्रति दर्शकहरूको आकर्षण ह्वात्तै बढेको छ । नोभेम्बर २३ र २४ तारिखमा प्रदर्शन गरिएको शोमा दर्शकहरूको व्यापक उपस्थिति र उत्साहजनक प्रतिक्रियापछि आयोजकले दर्शकहरूको मागलाई मध्यनजर गर्दै थप दुई शोको घोषणा गरेको छ । अत्यधिक मागका कारण ‘किनो मायरी – मायर्मेकी’ (Kino Myyri – Myyrmäki) मा चलचित्रको […]

पोर्चुगल (लिस्बन) — नेपालमा प्रदर्शन आरम्भ भएदेखि नै बक्स अफिसमा उच्च सफलता हासिल गरेको र २०८२ सालको सर्वाधिक कमाउने चलचित्र बन्न सफल ‘परान’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । नेपाली मौलिक कथा र पारिवारिक संवेदना बोकेको यो चलचित्रलाई पोर्चुगलमा रहेका नेपाली दर्शकहरूले डिसेम्बरको पहिलो साता हेर्न पाउने भएका छन् । चलचित्रको […]

हेलसिन्की — नेपालमा कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको पारिवारिक सामाजिक चलचित्र ‘परान’ अब युरोपेली मुलुक फिनल्याण्डका दर्शकमाझ पनि पुग्ने भएको छ । फिनल्याण्डको राजधानी हेलसिन्कीमा आउँदो नोभेम्बर २३ र २४ तारिखमा चलचित्रको दुई विशेष शो आयोजना गर्न लागिएको हो । “नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ” भन्ने मूल नारा बोकेको ‘मामा […]

काठमाडौं — यही कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर पारिवारिक कथावस्तुमा आधारित छ । विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजी रहेका एक बाबुको पीडालाई चलचित्रको ट्रेलरमा देखाइएको छ । बाबुआमाले बुढेसकालमा सन्तानको […]