Home Login
चलचित्र

चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक, कार्तिक १४ गतेबाट रिलिज

काठमाडौं — यही कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर पारिवारिक कथावस्तुमा आधारित छ । विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजी रहेका एक बाबुको पीडालाई चलचित्रको ट्रेलरमा देखाइएको छ ।

बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रले पस्केको छ । चलचित्रको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् ।‘परान’ लाई काकु उपनामले परिचित निर्देशक दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका छन् ।

गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा।लि।’ ले यो चलचित्र निर्माण गरेको हो । चलचित्रमा अभिनेता नीर शाहका अलावा महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ ।

Leave a Reply