Home Login
पोर्चुगलमा चलचित्र

चलचित्र ‘परान’ डिसेम्बर १ देखि पोर्चुगलको लिस्बनमा प्रदर्शन हुने

पोर्चुगल (लिस्बन) — नेपालमा प्रदर्शन आरम्भ भएदेखि नै बक्स अफिसमा उच्च सफलता हासिल गरेको र २०८२ सालको सर्वाधिक कमाउने चलचित्र बन्न सफल ‘परान’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । नेपाली मौलिक कथा र पारिवारिक संवेदना बोकेको यो चलचित्रलाई पोर्चुगलमा रहेका नेपाली दर्शकहरूले डिसेम्बरको पहिलो साता हेर्न पाउने भएका छन् ।

चलचित्रको प्रदर्शन पोर्चुगलको राजधानी लिस्बनको प्रतिष्ठित क्याम्पो पिकेनोस्थित सिनेमा सिटी हलमा हुनेछ । दर्शकहरूको सुविधा र मागलाई ध्यानमा राख्दै आयोजकले तीन विशेष शोको आयोजना गरेको छ । डिसेम्बर १ (सोमबार), डिसेम्बर २ (मंगलबार) र डिसेम्बर ३ (बुधबार) तीनै दिन चलचित्रको प्रदर्शन साँझ ५:०० बजे सुरु हुनेछ ।

दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित ‘परान’ ले परिवार, आपसी सम्बन्ध र जीवनको सङ्घर्षको मार्मिक कथा प्रस्तुत गर्दछ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका दिग्गज तथा लोकप्रिय कलाकारहरूको बेजोड अभिनय रहेको छ । चलचित्रका प्रमुख कलाकारहरूमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायत कलाकारहरूको अभिनय रहेको छ ।

पोर्चुगलमा यो चलचित्रको प्रदर्शन ‘थैङक यू इन्टरटेनमेन्ट’ ले गर्न लागेको हो । यो संस्थाले पोर्चुगलमा पहिलो पटक चलचित्र प्रदर्शनको सुरुवात गरेको हो । आयोजक टिममा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् :सन्तोष तामाङ (कलाकार एवं समाजसेवी), प्रवेश पौडेल (चलचित्र निर्देशक), भावेश बस्नेत (मोडल एवं रेस्टुरेन्ट व्यवसायी), अनिल अधिकारी (रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवी) र सन्जिब शाह (समाजसेवी) रहेका छन् ।

आयोजक संस्थाले ‘परान’ को प्रदर्शनपछि आगामी दिनहरूमा पनि नेपाली चलचित्रहरूलाई निरन्तरता दिने र युरोपमा नेपाली चलचित्रको बजार बिस्तार गर्दै नेपाली कला क्षेत्रलाई टेवा पुर्याउने दीर्घकालीन लक्ष्य राखेको छ ।

यस प्रदर्शनलाई सफल बनाउन विभिन्न व्यवसायिक संस्थाहरूले हातेमालो गरेका छन् । नेपाली रेस्टुरेन्ट ‘ग्यारेज हुक्का बार’ र ‘टोकियो सुशी रामेन’ ले विशेष सहयोग पुर्याएका छन् भने युरोपबाट सञ्चालित अनलाइन पत्रिका ‘युरोपाटी डट कम’ ले बजार व्यवस्थापन मा सघाएको छ ।

चलचित्रको प्रति व्यक्ति टिकट दर १३.९९ युरो तोकिएको छ । आफ्नो सिट सुरक्षित गर्नका लागि आयोजकले अग्रिम बुकिङ खुला गरेको छ । टिकट बुकिङका लागि सम्पर्क नम्बरहरू :

+351-920144214                                               +351-966001172                                                                          +351-964556447
+351-920447936
+351-913780325

साथै उक्त चलचित्रको टिकट दिएको लिङ्कबाट समेत बुकिङ गर्न सकिन्छ ।  आयोजकले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई नेपाली चलचित्र र कलाकारलाई माया गरिदिनहुन अनुरोध गरेको छ ।

Leave a Reply