Home Login

पोर्चुगल (लिस्बन) — पोर्चुगललाई हालै गरिएको एक विश्वव्यापी सर्वेक्षणमा विश्वकै दोस्रो सबैभन्दा रमाइलो देशको रूपमा स्थान दिइएको छ । यो सर्वेक्षणले पोर्चुगलको अद्वितीय हास्य शैली र सामाजिक व्यवहारलाई यसको प्रमुख कारण मानेको छ । ‘रेमिट्ली’ नामक संस्थाले गरेको यो अध्ययनले पोर्चुगललाई विश्वभरका देशहरूमध्ये हाँसो र मनोरञ्जनको लागि एक उत्कृष्ट गन्तव्यको रूपमा प्रस्तुत गरेको छ । […]

पोर्चुगल — नेपालमा धादिङ जिल्ला, वेनिघाट-रोराङ गाउँपालिका–९, ज्यामिरेघाट निवासी भिस्मबहादुर खड्काको पोर्चुगलमा असामयिक निधन भएको छ । खड्काको निधन जुलाई ५ तारिख भएको धादिङ समाजले बताएको छ । मृतक भिस्मबहादुर खड्काको घरको अवस्था नाजुक रहेकाले धादिङ समाज पोर्चुगलले एक विज्ञप्ति मार्फत खड्काको आर्थिक सहयोगका लागि नेपाली समुदायमा अपिल गरेको छ । समाजले सार्वजनिक गरेको विज्ञप्तिमा […]

पोर्चुगल — नवलपुर समाज पोर्चुगलको आयोजनामा पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईको सम्मानमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम जुलाई ८ तारिख, मंगलबार लिस्बनस्थित लव-लिस्बनरेस्टुरेन्टमा हुने भएको हो । कार्यक्रम सांझ ७ बजे देखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो । कार्यक्रममा गायक भट्टराईका चर्चित तथा लोकप्रिय […]

पोर्चुगल — गत वर्ष लिस्बन मेट्रोले लगभग १७ करोड ७० लाख यात्रुहरू ओसारपसार गरेको थियो, जुन २०२३ को तुलनामा ६.५% ले वृद्धि भएको हो । धितोपत्र बजार आयोगलाई बुझाइएको वित्तीय प्रतिवेदनमा अनुसार, २०२४ मा कुल १७ करोड ६७ लाख २७ हजार २ सय ८४ यात्रुहरू ढुवानी गरेको रिपोर्ट प्राप्त भएको छ । यो तथ्याङ्क वैध […]

पोर्चुगल (लिस्बन) — पछिल्लो केही दिनदेखि युरोपका विभिन्न देशहरू तातो हावाको लहर (Heatwave) को चपेटामा परेका छन् । स्पेन, पोर्चुगल, फ्रान्स, इटाली र ग्रीस लगायतका दक्षिणी युरोपेली मुलुकहरूमा तापक्रम अस्वाभाविक रूपमा बढेको छ, जसले जनजीवन प्रभावित बनाएको छ । स्पेन : स्पेनमा यो वर्षको गर्मीको पहिलो लहर निकै शक्तिशाली देखिएको छ । देशका दक्षिणी र […]

लिस्बन, पोर्चुगल — काम र जीवनको सन्तुलन कायम गर्ने मामिलामा पोर्चुगल युरोपका उत्कृष्ट देशहरूको सूचीमा १२औं स्थानमा परेको छ । रिमोट (Remote) नामक संस्थाले हालै सार्वजनिक गरेको ‘युरोपियन लाइफ-वर्क ब्यालेन्स इन्डेक्स’ अनुसार पोर्चुगलले जीवन र कामबीच सन्तुलन कायम गर्न सफल देशहरूको सूचीमा यो स्थान हासिल गरेको हो । उक्त अध्ययनले विभिन्न मापदण्डहरूका आधारमा युरोपेली देशहरूको […]

पोर्चुगल (लिस्बन) — लेखी बसौं भनेको मनले मानेन । बिगतका बर्षहरु देखि विदेशमा बस्ने नेपालीहरुको साझा संगठन गैरआवासिय नेपाली संघ (एनआरएनए) मा आबद्द भएर के कति राम्रा नराम्रा काम गरे त्यो यहि समाजलाई थाहा होला । तर पछिल्लो २०२३-२०२५ को अधिवेशनमा समाज र संस्थालाई मिलाएर अगाडी जानुपर्छ भनियो समाज मिल्छ टुक्रिएको संस्था एक हुन्छ भने […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ । पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको, दीपा काफ्ले नेतृत्वको समूहको दशौँ एकता महाधिवेशन जुलाई ६ र ७ तारिखमा लिस्बनस्थित जिनासियो हलमा आयोजना हुने भएको छ । अधिवेशनको पहिलो दिन उद्घाटन सत्र र बन्द सत्र सञ्चालन गरिनेछ भने दोस्रो दिन नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल हाल दुईवटा अलग […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी तीव्र रुपले भइरहेको आयोजकलाई जानकारी दिएको छ । प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको हो । प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले […]