Home Login

पोखरा —  नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलको आयोजनामा पर्यटकीय नगरी पोखरामा १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (EUFF) आयोजना हुने भएको छ । यही मङ्सिर ६ र ७ गते आयोजना हुने यस महोत्सवमा युरोपेली र नेपाली चलचित्रकर्मीहरूको कलालाई एकै मञ्चमा प्रस्तुत गरिँदै छ । बिहीबार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा युरोपेली सङ्घको नेपाल प्रतिनिधिमण्डलका प्रेस तथा […]

पोर्चुगल — पोर्चुगलको संसदले हालै नागरिकता कानूनमा कडा परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि आप्रवासी समुदायमा ठूलो हलचल मच्चिएको थियो । तर, सोसलिस्ट पार्टी (PS) को हस्तक्षेपपछि यो प्रक्रियामा “ब्रेक” लागेको छ, जसले हजारौं आप्रवासीलाई तत्कालका लागि राहत दिएको छ । अक्टोबर २८ मा संसदले अनुमोदन गरेको र नोभेम्बर १३ मा संवैधानिक अदालतमा पठाइएको यो कानूनको […]

फारो, पोर्चुगल — पोर्चुगलको दक्षिणी अल्गार्वे क्षेत्रमा शनिबार आएको भीषण र अप्रत्याशित हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । नागरिक सुरक्षाका अनुसार, यस प्राकृतिक प्रकोपमा परी एक ८५ वर्षीय बेलायती नागरिकको मृत्यु भएको छ भने कम्तीमा २८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई फारो अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये एक जनाको अवस्था […]

पोर्चुगल — पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत पोर्टोको इस्टेडियो डो ड्रागाओमा आइतबार आर्मेनियाविरुद्ध भएको खेलमा ९–१ को जितसहित पोर्चुगलले सातौँ पटक लगातार विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो । कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले खेल अवधीभर आर्मेनियालाई दबाबमा राख्यो । खेलमा ब्रुनो फर्नान्डेस र जाओ नेभेसले […]

पोर्चुगल — गोरखा जिल्ला घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आउनुभएका ३८ वर्षीय प्रसान्त गुरुङको आकस्मिक निधन भएको छ । ‘The Summer Berry Company’ मा कार्यरत गुरुङको नोभेम्बर १४ का दिन काम गर्दागर्दै निधन भएको हो । प्राप्त प्रारम्भिक जानकारी अनुसार, स्वर्गीय गुरुङ नोभेम्बर १४ का दिन आफ्नो नियमित काममा व्यस्त रहनुभएको थियो । काम […]

पोर्चुगल  — नेपालमा तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सफल नेपाली चलचित्र ‘जेरी अन टप’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने ठूलो संख्याका नेपाली समुदायलाई लक्षित गर्दै यो चलचित्र आगामी नोभेम्बर २३ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र […]

पोर्चुगल — वैदेशिक रोजगारीको सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगलमा कार्यरत एक नेपाली युवाको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । नेपालको रौतहट जिल्ला, चन्द्रनिगापुरमा जन्मिई हाल सुनसरीको इटहरी-५ मा बसोबास गर्दै आउनुभएका ४१ वर्षीय नगेन्द्र चौधरीको गत नोभेम्बर ९ तारिखका दिन बेलुकी करिब ७:३० बजे दुर्घटनामा परी निधन भएको हो । प्राप्त जानकारी […]

पोर्चुगल — विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ । विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो । आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय प्यारटले गोल गरे । दोस्रो हाफमा कमब्याक गर्ने प्रयास गरेको पोर्चुगलले खेलको ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई गुमाएको […]

पोर्चुगल —  पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । नयाँ नियमसँगै पोर्चुगल आउन चाहने नेपालीहरूलाई लक्षित गरी ठगी गर्ने प्रयासहरू भइरहेको भन्दै लिस्बनस्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पोर्चुगलले ‘उच्च दक्ष’ बाहेक अन्य सबै प्रकारका कामदार भिसा बन्द गरिसकेको अवस्थामा […]

पोर्चुगल — रोजगारको शिलसिलामा पोर्चुगलमा रहँदै आएका म्याग्दीका एक युवक विगत तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । म्याग्दीको मालिका गाउँपालिका, वडा नं. ०५ निवासी चरन घर्ती मगर पोर्चुगलको राजधानी लिस्वनबाट सम्पर्कविहीन हुनुभएको हो । प्राप्त जानकारी अनुसार, चरन घर्ती मगर पछिल्लो समय पोर्चुगलको पोन्ता देलगादा भन्ने ठाउँमा आफ्नै बुवा चन्द्र बहादुर घर्ती मगरसँगै बस्दै र […]