Home Login

पोर्चुगल — म्याग्दी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, सेम्लार रतनपुरमा स्थायी बसोबास गर्दै आउनुभएका र विगत १० वर्षदेखि पोर्चुगलमा कार्यरत ४१ वर्षीय काशीराम बुढाथोकी (गोरे) मगरको असामयिक निधन भएको छ । उहाँको शुक्रबार, ०१ अगस्ट २०२५ का दिन लिस्बनस्थित करी कब्राल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बुढाथोकी आफ्ना बुवा […]

पोर्चुगल — पोर्चुगलमा बसोबास गर्दै आएका र जसको आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद अगस्ट २०२५ मा सकिँदैछ, उनीहरुका लागि खुसीको खबर छ । पोर्चुगलको आप्रवासन तथा शरणसम्बन्धी एजेन्सी (AIMA) ले त्यस्ता अनुमतिपत्र नविकरणका लागि अनलाइन पोर्टल खुला गरेको छ । यो व्यवस्थासँगै अब अगस्ट २०२५ मा म्याद सकिने आवासीय अनुमतिपत्र भएका व्यक्तिहरूले अनलाइन प्रणालीमार्फत […]

पोर्चुगल — युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु) हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले ३ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै समुदायको हक, हित र पहिचानका लागि ऐक्यबद्धता जनाएको छ । भेलाले […]

पोर्चुगल — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘तीजमा लुखुरी माईत दुकुरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उक्त सार्वजनिक भएको गीतमा चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएकी छिन् । गीतमा शान थापाको उत्कृष्ट शब्द रहेको छ […]

लिस्बन, पोर्चुगल — युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयरले लिस्बन विमानस्थलमा व्याप्त “अराजकता” अन्त्य गर्न पोर्चुगिज सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । सीमा नियन्त्रणमा कर्मचारीको अभावका कारण सयौं यात्रुहरूले उडान छुटाएको र घण्टौंसम्म लाममा बस्नुपरेको भन्दै एयरलाइनले सरकारको ध्यानाकर्षण गराएको हो । यस विषयमा गरिएको गम्भीर अनुसन्धानले विमानस्थलमा बहुआयामिक समस्याहरू रहेको देखाएको छ […]

पोर्चुगल — विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा पोर्चुगलले आफ्नो स्थानलाई अझ मजबुत बनाउँदै चौथो स्थानमा आफूलाई उभ्याएको छ । प्रतिष्ठित हेन्ले पासपोर्ट इन्डेक्सको पछिल्लो वरीयता अनुसार, पोर्चुगिज पासपोर्ट वाहकले विश्वका १८८ देशमा बिना भिसा वा आगमनमा भिसा (visa-on-arrival) को सुविधा सहित यात्रा गर्न सक्दछन् । यो वरीयताले पोर्चुगलको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो पहुँच र बलियो कूटनीतिक […]

लिस्बन, पोर्चुगल — पोर्चुगलको उत्तरी क्षेत्रमा अवस्थित पोन्टे दा बार्का नगरपालिकामा शनिबार साँझदेखि लागेको डढेलो सोमबार दिउँसोदेखि झनै विकराल बनेको छ । तीव्र हावा र कठिन भू-धरातलका कारण आगो निभाउने प्रयासमा बाधा पुगेको छ भने आगो नियन्त्रण बाहिर गएको स्थानीय अधिकारीहरूले बताएका छन् । पेनेडा-गेरेस राष्ट्रिय निकुञ्ज अन्तर्गतको लिन्दोसो क्षेत्रबाट सुरु भएको यो डढेलो सोमबार […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन, एकीकरण तथा शरण एजेन्सी (AIMA) ले विदेशी नागरिकहरूका लागि कागजात पेश गर्ने प्रक्रियालाई आधुनिकीकरण गर्ने उद्देश्यले एक महत्त्वपूर्ण कदम चालेको छ । अबदेखि, विदेशी नागरिकहरूले कागजी कागजातहरूको सट्टा सार्वजनिक प्रशासन सेवाहरूद्वारा जारी गरिएका आधिकारिक कागजातहरूको लागि इलेक्ट्रोनिक पहुँच कोड (código de acesso eletrónico) प्रदान गर्नुपर्नेछ। यो नयाँ नियम कानूनको प्रावधानहरूको पालना […]

पोर्चुगल — युरोपेली राष्ट्र पोर्चुगलमा नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दो छ, तर यहाँ आइपुग्ने अधिकांश नेपालीहरूका लागि भाषा एक प्रमुख चुनौतीको रूपमा खडा भएको छ । पोर्चुगलमा पोर्चुगिज र अंग्रेजी दुवै भाषा बोल्न नजान्ने नेपालीहरूको यकिन तथ्याङ्क सरकारी वा सामुदायिक स्तरमा उपलब्ध नभए पनि, यहाँको नेपाली समुदायका अगुवाहरू र आप्रवासनका क्षेत्रमा कार्यरत संस्थाहरूको अनुभवमा यो […]

पोर्चुगल — स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो । युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन […]