लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने र राहदानी नवीकरणको पर्खाइमा रहेका नेपालीहरूका लागि नेपाली राजदूतावास, लिस्बनले एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासले आगामी नोभेम्बर २०२५ को अन्तिम साताका लागि आजैबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को आवेदन खुला गर्न लागेको हो ।
दूतावासले जारी गरेको सूचना अनुसार, राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूले आज (२१ नोभेम्बर २०२५) साँझ ५:०० बजेदेखि अनलाइन प्रणालीमार्फत आफ्नो अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।
कसरी गर्ने आवेदन ?
सेवाग्राहीले नेपाल सरकारको राहदानी विभागको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गएर अनलाइन फारम भर्नुपर्नेछ । फारम भरिसकेपछि तोकिएको मिति र समयमा बायोमेट्रिक्स दिनका लागि लिस्बनस्थित नेपाली राजदूतावासमा स्वयं उपस्थित हुनुपर्नेछ ।
बायोमेट्रिक्सका लागि आवश्यक कागजातहरू
दूतावासमा बायोमेट्रिक्स दिन जाँदा आवेदकले अनिवार्य रूपमा निम्न कागजातहरू साथमा लिएर जानुपर्नेछ ।
वयस्कका लागि :
अनलाइन भरेको राहदानी फारामको प्रिन्ट आउट भएको पेज) ।
हालको सक्कल राहदानी ।
नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि) ।
नाबालकका लागि :
नाबालक परिचय पत्र ।
जन्मदर्ता प्रमाणपत्र ।
बुबा र आमाको नागरिकता प्रमाणपत्र ।
बुबा र आमाको राहदानी ।
बुबा–आमाको विवाह दर्ता प्रमाणपत्र ।
राहदानीका लागि अनलाइन अपोइन्टमेन्ट निश्चित समयमा मात्र खुला गरिने र माग अत्याधिक हुने भएकाले तत्कालै आवेदन बुक गर्न नसकेमा नआत्तिन र धैर्यताका साथ पुनः प्रयास गर्न दूतावासले अनुरोध गरेको छ ।
बायोमेट्रिक्स र कन्सुलर सेवा लिन जानेहरूका लागि दूतावासले समय तालिका समेत स्पष्ट पारेको छ ।
सेवाको प्रकार समय
कन्सुलर सेवा (फारम बुझाउने) बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म
राहदानी वितरण तथा सोधपुछ दिउँसो २:०० बजे पछि
राहदानी आवेदन सम्बन्धी थप जानकारी आवश्यक परेमा दूतावासको वेबसाइट https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ मार्फत पनि जानकारी लिन सकिनेछ ।





