Home Login

बेल्जियम — आउँदो १ सेप्टेम्बर २०२५ देखि बेल्जियमले युरोपेली संघ (ईयू) का नागरिकहरूका लागि तीन महिनाभन्दा बढी अवधिको बसोबास अनुमति आवेदन प्रक्रियामा महत्त्वपूर्ण कडाइ गर्ने भएको छ । नयाँ नियम अनुसार, आवेदकहरूले आफ्नो स्थानीय नगरपालिकामा पहिलो पटक दर्ता गर्न जाँदा नै सम्पूर्ण आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बेल्जियमको आप्रवासन कार्यालयले जारी गरेको यो […]

बेल्जियम — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधिहरुको भेलामा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रबिन्दुमा रहेको र धेरै प्रतिबद्ध व्यक्तिहरु सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्तै महत्वपूर्ण रहेको बताए । युरोपका विभिन्न […]

इन्दिरा चाम्लिंग, बेल्जियम — नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको आयोजना र बेल्जियम स्थित महासंघमा आबद्ध मातृ संस्थाहरूको सह आयोजकत्वमा सुन्दर नगरी लुभेनमा भब्यताका सम्पन्न भयो । ३१औ विश्व आदिवासी दिवस अगष्ट ९  अधिकार सहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान” भन्ने नाराको साथ नेफिन बेल्जियमको आयोजना र बेल्जियम स्थित महासंघमा आबद्ध मातृसंस्थाहरूको सह आयोजकत्वमा […]

ल्युभेन, बेल्जियम — बेल्जियमलाई कर्मथलो बनाइरहेका कास्कीको सिक्लेस र पार्चेका बासिन्दाहरुको साझा संस्था, सिक्लेस-पार्चे कल्याण कोष, बेल्जियमको आठौं अधिवेशन हालै ल्युभेन शहरमा सम्पन्न भएको छ । अधिवेशनले श्रीमती बिना गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नेपालको कास्की जिल्लास्थित सिक्लेसको सामाजिक तथा आर्थिक उत्थानमा निरन्तर क्रियाशील रहेको यो संस्थाले बेल्जियममा रहेका […]

मुख्य बुँदाहरू : – आगामी अक्टोबर २०२५ देखि लागू हुने गरी फेसबुक, इन्स्टाग्राम र थ्रेड्स जस्ता प्लेटफर्ममा राजनीतिक, चुनावी तथा सामाजिक मुद्दा सम्बन्धी विज्ञापनमा रोक लगाइने । – युरोपेली संघ (ईयू) को नयाँ कडा नियम ‘राजनीतिक विज्ञापनको पारदर्शिता र लक्ष्यीकरण’ (TTPA) ले सिर्जना गरेको कानुनी अनिश्चितता र सञ्चालनगत जटिलताका कारण यो निर्णय लिइएको मेटाको भनाइ […]

बेल्जियम — बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन आउँदो अगस्ट ४ तारिख हुने भएको छ । स्थापनाकालदेखि नै सक्रिय रहेको बागलुङ समाज बेल्जियमको छैठौं अधिवेशन ‘Brusselsestraat 42/B, 3000 Leuven’ मा ११: ३० बजे देखि हुने भएको संस्थाका महासचिव प्रभात पौडेलले बताउनुभयो । अधिवेशनमा वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालको प्रमुख अतिथि रहने भएको हो । […]

काजाब्लांका, क्यासेल्लो — नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको चौथौ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथी वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालले नेपालका आदिबासी जनजाति देशको गहना भएको बताऊदै प्रवासमा आ-आफ्नो नेपाली कला सस्कृतीलाई जिवन्त राख्दै अरूलाई समेत चिनारी गराऊनु पर्ने बताऊनु भयो । अर्का बिशिष्ठ अतिथी गैर आवीसीय […]

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको बिशेष आतिथ्यतामा उद्घाटन भएको सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जून २५ मा सकियो । नेपाली राष्ट्रिय गीतबाट […]

मनिस तमु काजाब्लांका क्यासेल्लो ,बेल्जियम । किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि […]

मनिस गुरूंग । बेल्जियम — गत मे १२ मा एन्टवर्पेनस्थित स्कटेन गुम्बामा भव्य रूपमा सम्पन्न २५६९औं बुद्धजयन्ती समारोहसँग सम्बन्धित एक भ्रामक समाचारप्रति बेल्जियमस्थित सातवटा नेपाली जातीय संघसंस्थाहरूले संयुक्त आपत्ति जनाएका छन्। “राजदूतले दलाइ लामाको फोटो छोप्न भनेपछि” भन्ने शीर्षकमा हिमाली सन्देश अनलाइनमा प्रकाशित समाचार प्रति गम्भीर असहमति जनाउँदै, संघसंस्थाहरूले समाचार पूर्ण रूपमा आधारहीन र अतिरञ्जित […]