काजाब्लांका, क्यासेल्लो बेल्जियम ।तिहारको अबसरमा किरात राई सोसाईटी बेल्जियमले शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम मनोरंजनपूर्ण रूपमा सम्पन्न भयो ।
लुभेन क्यासेल्लो स्थित काजाब्लांकामा सम्पन्न शुभकामना आदान प्रदान तथा देउसी भैलो भाई तिहार कार्यक्रममा कलाकारहरू मोना, ममता, सोनिया, उषा, निषा ,स्मृती गोपाल लगायतले देउसी भैलो तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजकी अध्यक्ष इन्दिरा राई , संरक्षक मुना राई, सदस्यहरू गोपाल साम्पांग ,राजेन राई, मदिप राई, लिना राई, मोनी कुलुंग, श्रेया राई, नबिना थुलुंग, किम चामलिंग, सुम्निमा राई,डिएलएफ एकाऊन्टेन्ट खिम गुरूंग लगायतले शुभकामना साटासाट गरेका थिए ।
कार्यक्रममा तामांग समाज बेल्जियम अध्यक्ष लालिंग तामांग, मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर, जनप्रगतिशिल मन्च बेल्जियम अध्यक्ष मनिस गुरूंग, तमु समाज बेल्जियमकी पूर्ब अध्यक्ष तथा सल्लाहकार संगिता गुरूंग, हिमालयन शेर्पा कल्चर सेन्टरका सल्लाहकार लाक्पा शेर्पा, क्षत्री समाज बेल्जियमका राम क्षेत्री लोकान्तर पत्रिकाका डेस्क सम्पादक गगन अर्याल लगायतले शुभकामना भनेका थिए ।
सेलरोटी, आलुदम चाना, गुन्द्रुकको अचार, कोदोको रस लगायतको नेपाली परिकार सहित रमाईलोमा झुमेका थिए भने ब्यबस्थापनमा मोना गुरूंग, ममता सबल, मानु, चन्द्र लामा, तामांग समाज बेल्जियमको संरक्षक अनिता लामा लगायतले सहभागिता जनाऊनु भएको थियो ।
 
  
 



 
                                         
                                

