Home Login
प्रवास

नेफिन बेल्जियमको अधिबेशन सम्पन्न

काजाब्लांका, क्यासेल्लो — नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमको चौथौ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।

अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथी वेनेलक्स र युरोपियनका लागि राजदुत सेवा लम्सालले नेपालका आदिबासी जनजाति देशको गहना भएको बताऊदै प्रवासमा आ-आफ्नो नेपाली कला सस्कृतीलाई जिवन्त राख्दै अरूलाई समेत चिनारी गराऊनु पर्ने बताऊनु भयो ।

अर्का बिशिष्ठ अतिथी गैर आवीसीय नेपाली संघ बेल्जियमका अध्यक्ष सिता सापकोटाले महासंघको चौथैौ आज सम्म कै धेरै सहभागी र उपस्थितीमा सफल र भब्य रूपमा सम्पन्न भएकोमा अधिबेशनको सभापतित्व गरिरहेका  बिरमान मगर र सिंगो समितिलाई बधाई दिनुऱ्भयो ।

अधिबेशनमा बिभिन्न राजनैतिक, सामाजिक, जातिय संघसंस्थाहरूले शुभकामना दिएका थिए । चौथौ अधिबेशनले अध्यक्षमा प्रबिणा गुरूंगलाई निर्बाचित गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष मुना राई, ओमराज तमु, महासचिबमा रबिन राई, सचिबद्वय दिल निशानी मगर र गंगा लिम्बु, सकेषाध्यक्ष महिन्दो वाईबा, ध्रुब गौचन निर्बाचित गरेको छ ।

सदस्यहरूमा श्याम बुढा मगर, बिपिन राय, मोहन सुब्बा, गोपाल साम्पांग प्रतिनिधिहरूमा राम लामा ,अनिता तामांग,देबु श्रेष्ठ,रहेका छन ।

महासंघका मातृ संस्थाहरू तमु समाज अध्यक्ष होम गुरूंग, तामांग समाज अध्यक्ष लालिंग तामांग, मगर समाज अध्यक्ष कल्पना मगर, किरात राई सोसाईटी अध्यक्ष इन्दिरा चाम्लिंग, पाशा पुच उपाध्यऱ्क्ष देबु श्रेष्ठ, किरात याक्थुम चुन्लुंग अध्यक्ष बदन योगहांग र थकाली सेवा समिति अध्यक्ष सरोज गौचन शेर्पा समाज अध्यक्ष  अध्यक्ष पिडी शेर्पा रहेको संघिय परिषद नै नेफिन बेल्जियमको सर्बोच्च निकाय र अंग रहने समेत अधिबेशनले निर्णय र बिधान नै पारित गरेको छ ।

महासंघमा आफ्ना प्रतिनिधिले सन्तोषजनक कार्य सम्पादन गर्न नसके मातृसंस्थाले फिर्ता बोलाऊन सक्नेछ । मातृ सॅस्था अध्यक्षहरू कल्पना मगर, हेम गुरुंग, इन्दिरा राई, लालिंग तामांग, सरोज गौचनले शुभकामना दिनु भयो । मातृ सदस्य नरहे पनि सम्बन्धन सदस्यको रूपमा संयुक्त किरात समाज अध्यक्ष पुपुषा खपांगी, महासचिब प्रतिक्षा कुलुंग राई शुभकामना दिए ।

बिधान समिति संयोजक अनिता लामा सदस्यहरू किशोर सुब्बा, नेत्र मगर, नन्दु घले, केजिन राई थिए । अधिबेशनमा तामांग समाजबाट अनिता लामाले आर्थिक, सचिब रबिन राई र अध्यक्ष बिरमान मगरले सांगठानिक र बार्षिक प्रतिबेदन पेश गरेका थिए ।

Leave a Reply