Home Login
बेल्जियम

बेल्जियममा सिक्लेस-पार्चे कल्याण कोषको आठौं अधिवेशन सम्पन्न

ल्युभेन, बेल्जियम बेल्जियमलाई कर्मथलो बनाइरहेका कास्कीको सिक्लेस र पार्चेका बासिन्दाहरुको साझा संस्था, सिक्लेस-पार्चे कल्याण कोष, बेल्जियमको आठौं अधिवेशन हालै ल्युभेन शहरमा सम्पन्न भएको छ । अधिवेशनले श्रीमती बिना गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

नेपालको कास्की जिल्लास्थित सिक्लेसको सामाजिक तथा आर्थिक उत्थानमा निरन्तर क्रियाशील रहेको यो संस्थाले बेल्जियममा रहेका सिक्लेस-पार्चेवासीहरुलाई संगठित गर्दै आएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा जीत बहादुर गुरुङ, महासचिवमा टीका (मिसिरी) गुरुङ, सचिवमा नारायण प्रसाद गुरुङ, कोषाध्यक्षमा सुन प्रसाद गुरुङ र सह-कोषाध्यक्षमा रीता गुरुङ चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा सोनी गुरुङ, जिबन्ती गुरुङ, खुसिमाया गुरुङ, सम्झना गुरुङ, खुसी (माइली) गुरुङ, मनकाजी गुरुङ, लेखराज गुरुङ, सुरज गुरुङ, दिपेन्द्र गुरुङ, गङगा गुरुङ र सिवानी गुरुङ रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष बिना गुरुङले संस्थाको उद्देश्य प्राप्ति र नेपालमा रहेको आफ्नो जन्मभूमिको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अधिवेशनमा बेल्जियममा बसोबास गर्ने सिक्लेस तथा पार्चेका स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाले स्थापनाकालदेखि नै नेपालमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग पुर्याउँदै आएको छ ।

Leave a Reply