Home Login

कुवेत। कुवेतमा गत शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमको लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेतको सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको बुझिएको छ। नेपाल कुवेत सांस्कृतिक मञ्चको २३ औँ प्रस्तुति रहेको उक्त तीज कार्यक्रम नेपालबाट चर्चित कलाकार गायिका पूर्णकला बिसीको साथमा आयोजना गरिएको […]

काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित गरेको छ । अंग्रेजी माध्यममा कविता लेख्दै आएका कवि सरोज ओझासहित अन्य देशका कविहरुलाई समेत उक्त अवार्डबाट सम्मानित गरिएको हो ।सेप्टेम्बर ३  तारिकमा जेजाविक क्वर्डस एण्ड पोयम पोयट […]

काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा पुरस्कार स्थापना गरेर आयामिक कार्य गरेका हुन्। निकथाको सर्वोत्कृष्ट बर्ष पुस्तक नै सावित भैसकेको कृति “चोभार ब्लुज”का स्रष्टा लेखक बिक्रम […]

गैर आवासीय नेपाली संघ एनआरएनएका उपमहासचिव सोम सापकोटा उत्कृष्ठ पर्यटन प्रवर्द्धकको रुपमा सम्मानित भएका छन्। बेलायतबाट सञ्चालित नेपालब्रिटेन डटकमले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा संयुक्त अधिराज्य वेल्सका पर्यटन प्रवर्द्धक समेत रहेका सापकोटालाई सम्मान गरेको हो। नेपालको पर्यटनलाई विश्व बजारमा पुर्याउन र अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याए वापत उनलाई सम्मान गरिएको नेपाल ब्रिटेन डटकमले जनाएको […]

आज सेप्टेम्बर ६ तारिख शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १) पोर्चुगलका दिदीबहिनीहरुद्वारा बेलाभिस्ता पार्कमा साँस्कृतिक जमघट कार्यक्रम सम्पन्न। – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको दिन पोर्चुगलका आम महिला दिदीबहिनीहरुले आज बेलाभिस्ता पार्कमा बृहत तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ हुदै) गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ हुने भएको छ। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले यहि सेप्टेम्बर १५ तारिख आईतबार जम्बुजिरा दु मारमा र सेप्टेम्बर २२ तारिख आईतबार राधा कृष्ण मन्दिर लिस्बनमा मोना साँस्कृतिक साँझ […]

अनुभवी फुटबलर एन्जल डी मारिया अर्जेन्टिनी टोलीबाट बिदाइ हुने भएका छन् । विश्वकपको दक्षिण अमेरकी छनोटअन्तर्गत शुक्रबार बिहान हुने चिलीसँगको खेलअगावै अर्जेन्टिनाले उनलाई बिदाइ गरेको हो । १६ वर्ष अर्जेन्टिनाका लागि खेलेका डी मारियाले गत जुलाईमा सम्पन्न कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता […]

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घमा लैङ्गिक समानता कायम गर्न सदस्य राष्ट्रहरूबाट शीर्ष पदका लागि महिला उम्मेदवार प्राप्त गर्न कठिन भएको बताउनु भएको छ । भोन डेर लेयनले जुनमा भएको चुनावपछि आफ्नो नयाँ प्रशासनमा आयुक्तको पदका लागि पुरुष र महिला दुबैलाई मनोनित गर्न युरोपेली सङ्घका देशहरूलाई आग्रह गर्नुभएको हो । तर अधिकांश […]

संसदीय सुनुवाइका क्रममा पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालको व्यापार घाटा कम गर्न भूमिका खेल्ने बताए। पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्नका लागि आफूले भूमिका खेल्ने पनि उनको भनाइ थियो ।  संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा पोर्चुगल जान चाहने नेपालीले भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता […]

पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]