साइप्रस — साइप्रसको दोस्रो ठुलो सहर लिमासोलमा आइतवार २१ वर्षीय डेलिभरी चालकको सडकमै मृत्यु भएको छ, मृत्यु हुनेमा पाकिस्तानी नागरिक अबु जार रहेको पुष्टि भएको हो ।
लिमासोल प्रहरी प्रवक्ता मारियोस चारालाम्बोसका अनुसार, दुर्घटना राति ९.२५ बजे स्पाइरोस किरियानो एभिन्यूमा भएको थियो । अनुसन्धानको क्रममा रहेको अवस्थामा, ग्रेगोरिस अफ्सेन्टियो स्ट्रिटमा मोड्न खोज्ने ५५ वर्षीय कार चालकले सोही दिशामा गुडिरहेको मोटरसाइकलसँग ठोक्किएर २१ वर्षीय चालकलाई गम्भीर घाइते बनाएको थियो ।
मोटरसाइकल चालकलाई लिमासोल जनरल अस्पताल लगिएको थियो, हस्पिटलमा उनको मध्यरातमा मृत्यु भएको हो ।
५५ वर्षीय कार चालकको प्रारम्भिक मदिरा र लागूपदार्थ परीक्षण गरिएको थियो, जसमा शून्य नतिजा आएको थियो, जबकि उनलाई अदालतको वारेन्टमा पक्राउ गरी हिरासतमा लिइएको थियो ।
उक्त घटनालाई लिएर लिमासोल ट्राफिक प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।