Home Login

पोर्चुगल – युरोपेली च्याम्पियनसिप २०२७ को छनोट यात्रामा अपराजित रहेको पोर्चुगिज यू-२१ राष्ट्रिय फुटबल टोलीले आउँदो अक्टोबर १० मा बुल्गेरियाको सामना गर्दैछ । अल्गार्वे क्षेत्रको पोर्टिमाओ म्युनिसिपल स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे (स्थानीय समय ७:३०) मा सुरु हुने यो खेल हेर्नका लागि दर्शकहरूले कुनै शुल्क तिर्नु पर्ने छैन । पोर्चुगिज फुटबल महासंघले खेलमा […]

विप्लव काफ्ले, स्पेन — कोष्टाव्लाङ्काको बेनिड्रोममा दसैँको दिन नेपालीहरु छमछमी नाचेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्काले आयोजना गरेको बडा दसैँ विशेष सांस्कृतिक कार्यक्रममा नेपालीहरु रमाएका हुन् । गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो- तिहार आयो गीत गाएर माहोल तताए । यस्तो मौका जुर्दैन बेला […]

साइप्रस — नेपालीहरुको महान चाड बडादशैंको अवसरमा साइप्रसको राजधानी निकोसियामा एक भव्य दशैं विशेष कार्यक्रम आयोजना हुने भएको छ । प्रवासमा रहेर पनि आफ्नो संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले ‘निकोसिया युवा क्लब’ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम यही आउँदो अक्टोबर ५ तारिख आइतबारका दिन निकोसियास्थित ‘एन्टोनाकिस बार रेस्टुरेन्ट’ मा आयोजना […]

साइप्रस — गत सेप्टेम्बर २२ मा साइप्रसको लिमासोलमा घटेको एक घटनाले नेपाली समुदायलाई गहिरो प्रभाव पारेको छ । साइप्रसमा करिब १४ हजार नेपाली बस्छन्, जसमध्ये झण्डै १० हजार जना हाउस्मेड वा नानीको रूपमा काममा संलग्न छन् । यस्तो पृष्ठभूमिमा आएको समाचारले समुदायमा ठूलो हलचल ल्यायो । मिडियाले आरोपितको लिङ्ग, कार्य भूमिका (नानी कि सामान्य घरेलु […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको गणतन्त्र सभा (संसद) ले आगामी वर्ष २०२६ को लागि प्रस्तावित बजेटलाई अनुमोदन गरेको छ । मंगलबार भएको मतदानमा लिबरल इनिसिएटिभ पार्टी बाहेक सबै संसदीय समूहहरूले बजेटको पक्षमा मत दिएका थिए । सोही सत्रमा सन् २०२३ को सामान्य राज्य लेखा पनि स्वीकृत गरिएको थियो । संसदमा प्रस्तुत गरिएको बजेट प्रस्ताव अनुसार, २०२६ […]

पोर्चुगल — पोर्चुगलमा अक्टोबर १२ मा हुन गइरहेको स्थानीय चुनावको लागि तयारी अन्तिम चरणमा पुगेको छ । आन्तरिक प्रशासन मन्त्रालय (MAI) को महासचिवालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस चुनावमा मतदान गर्नका लागि ९३ लाखभन्दा बढी मतदाताहरू दर्ता भएका छन् । यो संख्याले चुनावमा नागरिकहरूको व्यापक सहभागिता रहने संकेत गर्दछ । यस चुनावको सबैभन्दा उल्लेखनीय […]

पोर्चुगल — लामो समयको बहस र कानूनी रस्साकस्सीपछि पोर्चुगलले आफ्नो आप्रवासन तथा नागरिकतासम्बन्धी कानूनमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । मंगलबार पोर्चुगलको संसदले बहुमतले पारित गरेको संशोधित कानूनले विदेशी आप्रवासीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप लामो बनाएको छ भने परिवार पुनर्मिलनका प्रावधानमा केही सहजता प्रदान गरेको छ । नयाँ कानूनअनुसार, अब पोर्चुगलको नागरिकताका लागि आवेदन […]

रोमानिया — रोमानियाको प्रहोभा क्षेत्रमा रहेको एक होटलमा भएको आगलागीमा परी दुःखद रूपमा दुई नेपाली महिला कामदारको ज्यान गएको छ । यस घटनाको पुष्टि रोमानियाको चर्चित समाचार संस्था PRO TV ले गरेको छ । समाचार अनुसार, आगलागी मंगलबार बिहान भएको हो र तत्कालै उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयास गरे पनि दुर्भाग्यवश दुई […]

इटाली — क्यानडाको म्याकगिल विश्वविद्यालयले हालै गरेको एक अध्ययनले स्मार्टफोनको लत विश्वव्यापी रूपमा बढ्दै गएको देखाएको छ, जसमा नेपाल पनि शीर्ष १० देशको सूचीमा परेको छ । अध्ययन अनुसार, स्मार्टफोनको लतको सबैभन्दा उच्च दर चीनमा रहेको छ भने साउदी अरेबिया र मलेसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । “कम्प्युटर्स इन ह्युमन बिहेभियर” नामक जर्नलमा […]

पोर्चुगल — युरोपेली फुटबलको पावरहाउसको रूपमा चिनिने पोर्चुगलमा घरेलु क्लबहरूको चर्चा पनि उत्तिकै हुने गर्दछ । विशेषगरी, कुन क्लब सबैभन्दा महँगो र कुन सबैभन्दा पुरानो हो भन्ने विषयमा समर्थकहरूबीच सधैँ चासो रहन्छ । हालैका तथ्याङ्क र ऐतिहासिक तथ्यहरूलाई केलाउँदा, एसएल बेन्फिका पोर्चुगलको सबैभन्दा महँगो क्लबको रूपमा स्थापित भएको छ भने सबैभन्दा पुरानो क्लबको विषयमा केही […]