Home Login

लिस्बन, पोर्चुगल — पोर्चुगलमा इन्टरनेट प्रयोगकर्ताको संख्या निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२५ को सुरुवातमा देशको कुल जनसंख्याको लगभग ८९ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा पुगेका छन् । डिजिटल तथ्याङ्क र प्रवृत्तिहरूको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय संस्था डेटा पोर्टलको जनवरी २०२५ को रिपोर्टअनुसार, पोर्चुगलमा ९२ लाख ७० हजार इन्टरनेट प्रयोगकर्ता रहेका छन् । यो तथ्याङ्कले […]

पोर्चुगल — सुदूरपश्चिम क्षेत्रको साझा हित, मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने महान उद्देश्यका साथ स्थापना गरिएको सुदूरपश्चिमेली नेपाली समाज – अन्तर्राष्ट्रिय समितिले चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन –२०२५ को आयोजना गर्ने भएको छ । सम्मेलन असोज २३, २४ र २५ गते (अंग्रेजी मितिअनुसार अक्टोबर ९, १०, ११) सुदूरपश्चिम प्रदेशको राजधानी […]

कोपनहेगन, डेनमार्क — डेनमार्कको राजधानी कोपनहेगन बसोबासको हिसाबले विश्वकै उत्कृष्ट शहर बनेको छ । यसले अस्ट्रियाको राजधानी भियनालाई पछि पारेको हो, जुन १३ वर्षदेखि लगातार यस सूचीको पहिलो स्थानमा थियो ।  कोपनहेगन यस वर्ष संसारको सबैभन्दा खुसी शहर पनि घोषित भएको थियो । २०२५ को ग्लोबल लिभेबिलिटी इन्डेक्स अनुसार क्यानाडाको भ्यान्कुभर उक्त सूचीको दशौं स्थानमा […]

यूएई — ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ     ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो लौ जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के […]

साइप्रस — युरोपेली मुलुक साइप्रसमा क्रियाशील संस्था ‘शेर्पा किदुक साइप्रस’ ले दशौँ वार्षिक उत्सव तथा छैटौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन जुलाई २० तारिख आइतबार साइप्रसको दोस्रो ठूलो सहर लिमासोल स्थित केबाब एण्ड करि हाउसमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) साइप्रसको महासचिव दाता नन्द पाण्डेको विशेष आतिथ्यमा तथा […]

स्पेन — माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च स्पेनको केन्द्रिय समिति बैठकले संगठनलाई थप सशक्त बनाउने उद्देश्यका साथ ११ जना व्यत्तिहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बैठक स्पेनस्थित जनप्रगतिशिल मञ्चका अध्यक्ष विशाल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनप्रगतिशिल मञ्च युरोपका उपाध्यक्ष गंगा भुषाल र विशिष्ट अतिथि युरोप कमिटीका सचिव अर्जुन […]

पोल्याण्ड — पोल्याण्डका विभिन्न सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरूमा अधिकांश ठाउँमा सयौं मानिस सहभागी भएका थिए । दक्षिणी सहर काटोविसमा आयोजित सबैभन्दा ठूलो प्रदर्शनमा करिब ३ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ । यी प्रदर्शनहरू कडा दक्षिणपन्थी राजनीतिक समूह र अर्को राष्ट्रवादी संगठनले मिलेर आयोजना गरेका थिए । कोन्फेडेराच्या […]

बेलायत — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि बेलायत भ्रमण गर्नुहुने भएको छ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको निमन्त्रणामा प्रधानमन्त्री मोदीले बेलायतको भ्रमण गर्न लाग्नुभएको हो । प्रधानमन्त्री मोदी चौथो पटकको बेलायत भ्रमणको रुपमा आउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । सोही अवधिमा मोदीले माल्दिभ्सको पनि भ्रमण गर्नुहुनेछ । भारतीय विदेश मन्त्रालयका अनुसार […]

स्टकहोल्म, स्वीडेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् ।  शनिवार स्टकहोल्ममा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनबाट राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका हुन् ।  उक्त महाधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । स्वीडेनको राजधानी स्टकहोल्ममा १९ जुलाईमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जीवी खरेल, […]

लिस्बन, पोर्चुगल — पोर्चुगलका विमानस्थलहरूले सन् २०२५ को पहिलो छ महिनामा यात्रु संख्यामा उल्लेख्य वृद्धि देखेका छन् । गत वर्षको सोही अवधिको तुलनामा विमानस्थलको ट्राफिक ४.८% ले बढेको छ । यो तथ्याङ्क पोर्चुगलका विमानस्थलहरूको व्यवस्थापन गर्ने कम्पनी ‘एएनए एयरोपोर्टोस डी पोर्चुगल’को स्वामित्वमा रहेको फ्रान्सेली बहुराष्ट्रिय कम्पनी ‘भिन्सी’ ले सार्वजनिक गरेको हो । सन् २०२५ को […]