Home Login

स्पेन — ‘ब्ल्याक एक्स’ भनेर चिनिने अन्तर्राष्ट्रिय अपराधिक गिरोहका ३४ जना पक्राउ परेका छन् । स्पेनको राष्ट्रिय प्रहरीले युरोपोल र जर्मनीको बाभेरियन राज्य प्रहरीसँग चलाएको देशव्यापी अभियानमा गिरोहमा संलग्न भएकाहरु समातिएका हुन् । सेभिलमा २८ जना, म्याड्रिडमा ३ जना, मालागामा २ जना र बार्सिलोनामा १ जना पक्राउ परेका हुन् । व्ल्याक एक्सको उत्पत्ति नाइजेरियामा भएको […]

नर्वे — पौष २७ राष्ट्रिय एकता दिवसको अवसरमा प्रवासी नेपाली सम्पर्क विभाग, नर्वे र नर्वेमा क्रियाशील “सद्भाव समूह नर्वे” (विवेकशील साझा पार्टीको प्रवासी समूह) बीच सांगठनिक एकता भएको छ । दुवै पक्षबीच भएको सहमतिअनुसार अब सबै गतिविधि प्रवासी नेपाली सम्पर्क विभाग, नर्वेको नामबाट सञ्चालन गरिनेछ । एकतासँगै नर्वेमा रहेका नेपाली समुदाय, संघ–संस्था र व्यक्तिहरूबीच आपसी […]

ओस्लो (नर्वे) — मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवासमै जगेर्ना गर्ने उद्देश्यसहित मगर संघ नर्वेको आयोजनामा “माघेसक्रान्ति तथा सांस्कृतिक कार्यक्रम २०२६” नर्वेको राजधानी ओस्लोमा जनवरी ११, २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा कार्यक्रमको औपचारिक उद्घाटनसँगै प्रमुख अतिथि तथा मगर संघका सम्माननीय […]

नर्वे — नेपाली कांग्रेसभित्र उठेको विशेष महाधिवेशनको मागलाई नेपाली जनसम्पर्क समिति नर्वेले सकारात्मक र ऐतिहासिक कदमको रूपमा स्वागत गरेको छ । भदौ २३ र २४ पछि विकसित राजनीतिक परिस्थितिमा पार्टीलाई संस्थागत गर्न, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र जिम्मेवार नेतृत्व स्थापित गर्न विशेष महाधिवेशन आवश्यक रहेको समितिको ठहर छ । आम कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको सक्रिय […]

कुवेत — ‘सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुदूरपश्चिमेली नेपाली समाज, कुवेतले आफ्नो पाँचौँ अधिवेशन भव्य रूपमा आयोजना गर्ने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाएका सुदूरपश्चिमेलीहरूको साझा संस्थाको रूपमा स्थापित यस समाजको अधिवेशन आगामी सन् २०२६ जनवरी २३ तारिख, शुक्रबारका दिन हुने तय भएको हो । खैतानस्थित राजधानी होटलको सभाहलमा […]

पोर्चुगल —  नेपालमा आगामी माघ १ गते (तदनुसार जनवरी १५ तारिख) देखि प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गोबर गणेश’ अब युरोपका विभिन्न देशहरूमा पनि भव्य रूपमा प्रदर्शन हुने भएको छ । चर्चित हाँस्य कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन रहेको यो चलचित्रलाई युरोपमा ‘मामा ईभेन्ट्स’ र ‘गुरुङ केएनएस ईन्टरटेन्मेन्ट’ ले संयुक्त […]

पोर्चुगल — किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कक्फेक्वा तङ्नाम र कुसङ् येले संवतबारे भर्चुअल बहस कार्यक्रम आयोजना गर्ने भएको छ । यहीँ १२ जनवरी २०२५ तदनुसार पुष २८ गते भर्चुअल माध्यमबाट बहस कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङ लिम्बूले बताउनुभायो । उक्त भर्चुअल बहस कार्यक्रममा याक्थुङ (लिम्बू)हरुको चाड कक्फेक्वा तङनाम (माघे सक्रान्ति)को […]

स्पेन — स्पेनको भ्यालेन्सीयाको अल्जिरामा कामबाट फर्किने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि १३ जना नेपाली, २ जना पाकिस्तानी घाइते बनेका छन् । घाइतेमध्ये १ जनाको हात र ढाडमा गम्भीर चोट लागेको छ । अन्य ४ जना मध्यम तथा अरु सामान्य घाइते भएका छन् । टस अल्बेरीकमा बस्दै आएका नेपालीहरुलाई पाकिस्तानीले […]

जसमान् दर्नाल ‘जिवन’  (क्रोएसिया) — सात समुद्र पारिको बसाइ, कामको चाप, प्रतिकुल मौसम र समयको पाबन्दीका बाबजुद पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको मोह कत्ति पनि कम भएको छैन । बरु, पछिल्लो समय युरोपेली मुलुक क्रोएसिया नेपाली युवापुस्ताका लागि सांगीतिक सिर्जनाको नयाँ उर्वर थलो बन्दै गएको छ । परदेशी भूमिका तमाम चुनौतीहरूलाई अवसर र सिर्जनामा […]

लिस्बन (पोर्चुगल) — म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको मुख्य आयोजनामा ‘जिल्ला स्तरीय म्याग्दी भलिबल कप २०२६’ अत्यन्त भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो माटो र खेलकुदप्रतिको प्रेमलाई जीवन्त राख्दै, पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई अझ प्रगाढ बनाउने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना […]