Home Login

काठमाडौं — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् […]

कार्डिफ (वेल्स) – एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको संयोजन तथा एनआरएनए यूकेको सहकार्यमा नेपाली राजदूतावास लन्डनबाट वेल्सको राजधानी कार्डिफस्थित वाईएमसीए प्लस भवनमा राहदानी सेवासहितको कन्सुलर शिविर सम्पन्न भएको छ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो । कार्यक्रमको प्रारम्भमा एनआरएनए यूके राज्य समन्वय परिषद् […]

बेल्जियम : विश्वका ४० भन्दा बढी देशमा छरिएर रहेका झापालीहरूको साझा छाता संगठन, अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका सफल व्यवसायी महेन्द्रप्रसाद चम्लागाईं सर्वसम्मत निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न समाजको पाँचौँ विश्व अधिवेशनले चम्लागाईंलाई सन् २०२५–२०२७ कार्यकालका लागि नेतृत्व सुम्पेको हो । विगत तीन दशकदेखि कतारमा रहेर व्यवसायमा स्थापित भएका चम्लागाईं यसअघि समाजका वरिष्ठ […]

लन्डन — गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत […]

विदेशीबाट परिचालित समूह र सरकारविरुद्ध कात्तिक १५ गते आन्दोलन घोषणा, आन्दोलनका घाइते र वास्तविक आन्दोलनकारीलाई पाखा लगाइएको दाबी गरेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ । स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय […]

आयरल्याण्ड — नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ । दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ । राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको […]

पोर्चुगल — विगत दुई वर्षदेखि पोर्चुगलको सिन्ट्रा क्षेत्रमा बसोबास गर्दै आउनुभएका एक नेपाली युवक सम्पर्कविहीन हुनुभएको छ । तनहुँ, नेपाल स्थायी घर भई रोजगारीको सिलसिलामा पोर्चुगलको ‘कोभास डे फेरो सिन्ट्रा’ (Covas de Ferro, Sintra) मा बस्दै आउनुभएका जितेन्द्र पाण्डे गत आइतबारदेखि परिवार र साथीभाइको सम्पर्क बाहिर रहनुभएको हो । परिवारका अनुसार, उहाँ आइतबारदेखि कुनै पनि […]

पोर्चुगल — गत १२ अक्टोबरमा सम्पन्न पोर्चुगलको स्थानीय चुनावमा देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनका सङ्केतहरू देखिएका छन् । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (PSD) ले सबैभन्दा धेरै नगरपालिकाहरूमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ, तर समाजवादी पार्टी (PS) ले कडा टक्कर दिँदै दोस्रो स्थान सुरक्षित गरेको छ । अति-दक्षिणपन्थी पार्टी सेगाले आश गरेजति मेयर पद […]

विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ) ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो । उक्त […]

सम्पादकीय — युरोपमा अनलाइन डिजिटल पत्रिका, युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा दुई वर्षेको यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं । हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा […]