बुल्गेरिया — वैदेशिक रोजगारीको लागि बुल्गेरिया देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ५० को ज्ञानराज सुवेदी रहेका छन् ।
उनले पीडितबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पीडितले दिएको जाहेरीका आधारमा उनलाई गंगवुबाट पक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ।





