Home Login

जसमान् दर्नाल जिवन, जाग्रीब । युरोपियन युनियनको सेन्जेन देश क्रोएसियाली सरकारले सन् २०२६ को लागि देशको न्यूनतम ज्याला प्रति महिना १ हजार ५० युरो तोकेको नयाँ नियमन अपनाएको छ । यो निर्णयले २०२५ को न्यूनतम ज्यालाको तुलनामा ८० प्रतिशतले वृद्धि भएको HRT ले रिपोर्ट गरेको छ । सरकारका अनुसार यो समायोजनले क्रोएसियाभरि निरन्तर आर्थिक वृद्धि, […]

लिस्बन —पोर्चुगाली संसद ‘Assembleia da República’ ले हिजो (शुक्रबार, २४ अक्टोबर २०२५) नागरिकता सम्बन्धी एक नयाँ र दूरगामी असर पार्ने विधेयकलाई अनुमोदन गरेको छ । यो नयाँ विधेयकले पोर्चुगाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक न्यूनतम बसाइ अवधिलाई उल्लेखनीय रूपमा बढाएको छ, जसले पोर्तुगलमा रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । के-के छन् नयाँ […]

पोर्चुगल— नेपाल सम्बत ११४६ तथा सामूहिक म्ह: पुजाको अवासरमा पोर्चुगलस्थित नेवा: खःल तदर्थ समितिको आयोजनामा ग्रिल एन चिल रेस्टुरेन्ट, आरोइस मा सामूहिक म्ह : पुजा तथा नयाँ वर्षको औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेवा: खःलका सदस्यहरू, स्वयंसेवक साथीहरू, कलाकारहरू र विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । म्ह: पुजापछि […]

पोर्चुगल (लिस्बन) —  पोर्चुगलको आप्रवासन तथा सीमा सेवाको उत्तराधिकारी निकाय, एआईएमए (एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एन्ड एसाइलम) ले युरोपेली संघ (EU) का नागरिकहरूका परिवारका सदस्यहरूलाई दिइने आवास अनुमति कार्ड सम्बन्धी एक महत्त्वपूर्ण स्पष्टीकरण जारी गरेको छ । यो स्पष्टीकरण विशेष गरी आवास कार्डका लागि नियुक्ति (appointment) लिने अनलाइन आवेदन फारम र त्यसमा भर्नुपर्ने विवरणमा केन्द्रित […]

पोर्चुगल (लिस्बन) —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि अनलाइन आवेदन खुला गर्ने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासका अनुसार, आगामी नोभेम्बर २०२५ को दोस्रो साताका लागि आज (२४ अक्टोबर) साँझ ५ बजेदेखि अनलाइन अपोइन्टमेन्ट प्रणाली खुला गरिनेछ । यो सूचना विशेष गरी ती नेपाली नागरिकहरूका लागि लक्षित छ, जसको […]

सम्पादक

गत अक्टोबर २० तारिख युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटिक डटकम बाट (बुबाबाटै यौन दुर्व्यवहार भोगेको आरोप : फिनल्यान्डमा बस्ने रीजाको एक वर्षे संघर्ष) शीर्षकमा एउटा न्युज समाचार प्रकाशित भएको थियो । उक्त समाचार हामीले सम्बन्धित व्यक्तिको फेसबुक स्टाटसको आधारमा प्रकाशन गरेका थियौं । हाल उक्त स्टाटस हटाइएको जानकारी प्राप्त भएको छ । उक्त विषय अदालतको […]

लिस्बन — पोर्चुगलको पर्यटन क्षेत्रले यस वर्षको अगस्ट महिनामा एक नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । बैंक अफ पोर्चुगलद्वारा जारी र ECO ले रिपोर्ट गरेको पछिल्लो तथ्याङ्कअनुसार, अगस्ट २०२५ मा देशको यात्रा र पर्यटन निर्यात बढेर कुल ४.३ बिलियन युरो (चार अर्ब तीस करोड युरो) पुगेको छ । यो आँकडाले पोर्चुगलको अर्थतन्त्रमा पर्यटन क्षेत्रको […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो आप्रवासन नीतिमा ठूलो परिवर्तन गर्दै ‘काम खोज्ने भिसा’ (Work-seeking visa) का लागि लिइएका सबै अपोइन्टमेन्टहरू रद्द गर्ने घोषणा गरेको छ । यो निर्णय भोलि, अक्टोबर २३, २०२५ देखि तुरुन्तै लागू हुनेछ । राज्य तथा विदेश मन्त्रीको कार्यालयले आज जारी गरेको एक आधिकारिक विज्ञप्ति अनुसार, यो कदम नयाँ विदेशी कानूनको कार्यान्वयनसँगै […]

पोर्चुगल — पोर्चुगलमा क्रियाशील झापालीहरूको साझा संस्था, झापाली समाज पोर्चुगलले नयाँ कार्यसमिति पाएको छ । समाजको हालै सम्पन्न निर्वाचनबाट सचिन लिम्बुको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुप खड्का चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा दिपेश थापा, नबिन खड्का र सन्तोष गौतम रहनुभएको छ । यसैगरी, महासचिवको महत्त्वपूर्ण […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली समुदायलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतिष्ठित ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ को मिति परिवर्तन भएको छ । आयोजक नेपाली क्लब साओ टियोटोनियोले एक सूचना जारी गर्दै, यसअघि नोभेम्बर १६ मा हुने भनिएको प्रतियोगिता केही प्राविधिक कारणवश एक साता पछि, अर्थात् नोभेम्बर २३ मा आयोजना […]