Home Login

मेक्सिको — मेक्सिको र युरोपियन सङ्घबीचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागू हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिएकी छिन् । यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुहरूमा महसुल कटौती गर्नेछ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पुर्‍याउनेछ । स्थानीय सञ्चारमाध्यमका अनुसार, यसले ८६ […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन, एकीकरण र शरण एजेन्सी (एआईएमए) ले विदेशी नागरिकहरूको बसोबास अनुमति (Residence Permit) सम्बन्धी महत्वपूर्ण स्पष्टीकरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले म्याद सकिएका वा सकिन लागेका आवासीय कार्ड भएका लाखौं आप्रवासीहरूलाई राहत प्रदान गर्नेछ, विशेष गरी नवीकरण प्रक्रियामा रहेकाहरूलाई । नियामक डिक्री नम्बर ८४/२००७ को धारा ६३, अनुच्छेद १४ को प्रावधान […]

पोर्चुगल —   पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले लामो समयदेखि चलेको राजनीतिक र संवैधानिक बहसलाई अन्त्य गर्दै विवादास्पद नयाँ विदेशी कानूनलाई अनुमोदन गर्नुभएको छ । यो कानूनले पोर्चुगलमा विदेशीहरूको प्रवेश, बसाइ, प्रस्थान र पारिवारिक पुनर्मिलन सम्बन्धी नियमहरूमा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, संसदले पठाएको संशोधित विधेयकलाई ‘७० प्रतिशत प्रतिनिधिहरूले अनुमोदन […]

यही अक्टोबर १५ तारीख बुधबारका दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट इनास ग्लोबल समितिको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा पोल्याण्डबाट मित्रलाल पार्दे,अमेरिकाबाट राधी क्षेत्री,डेनमार्कबाट […]

पोर्चुगल (लिस्बन) — लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदन सम्बन्धी एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । सूचना अनुसार, आगामी नोभेम्बर २०२५ को पहिलो हप्ताका लागि चाहिने राहदानी नवीकरणको अनलाइन आवेदन आज, १७ अक्टोबर २०२५, शुक्रबार साँझ ५ बजेदेखि खुला गरिने भएको छ । यो व्यवस्था विशेष गरी […]

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) राष्ट्रिय समिति पोर्चुगलले कार्यकाल २०२५/२०२७ का लागि नयाँ कार्यसमिति पाएको छ । चर्चित नृत्य निर्देशक नृपध्वज खत्री “निरिप” को अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई इनासको ग्लोबल समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ । गत ६ अक्टोबर २०२५ मा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको यस कार्यसमितिको अनुमोदनका लागि युरोप क्षेत्रीय […]

स्पेन —  बेनिड्रोममा जेठ महिनामा भएको राहदानी घुम्ती शिविरमा बनेका राहदानी (पासपोर्ट) कोष्टाव्लाङ्कामा रहेका नेपालीले पाउने भएका छन् । नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सम्बन्धित व्यक्तिहरुबाट मञ्जुरीनामा पत्र र आवश्यक कागजात संकलन गरि एकैसाथ म्याड्रीड स्थित नेपाली राजदूतावासमा बुझाएको थियो । कार्यव्यस्तता र लामो दुरीको यात्रा गर्नुपर्ने भन्दै अधिकाँस नेपालीले बेनिड्रोमबाटै राहदानी वितरण गर्न […]

साइप्रस — साइप्रसमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले यस वर्ष साइप्रसको पर्यटकीय सहर पाफोसमा पहिलो पटक सोनाम लोसार कार्यक्रम आयोजना हुने भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायले मनाउने महान् सांस्कृतिक पर्व सोनाम लोसारको अवसरमा उक्त विशेष कार्यक्रम आयोजना गर्न लागिएको […]

रोमानिया —  रोजगारीको सिलसिलामा रोमानियामा रहेका बेला दुई छुट्टाछुट्टै दुःखद घटनामा ज्यान गुमाएका तीन जना नेपालीको शव नेपाल पठाइएको छ । पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा बिहीबार टर्किश एयरलाइन्सको जहाजमार्फत पठाइएको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ । मृत्यु हुनेहरूमा गत सेप्टेम्बर २२ मा रोमानियाको प्राहोभास्थित एक होटलमा भएको भीषण आगलागीमा परी […]

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीकाका लागि विश्वका विभिन्न देशहरूमा शुभ साइत (शुभ समय) सार्वजनिक गरेको छ । समितिको हालैको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो । नेपालको लागि शुभ साइत समितिका अनुसार, नेपालमा भाइटीका २०८२ […]