Home Login

हेलसिन्की, फिनल्यान्ड —  नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता र समवेदना प्रकट गर्दै फिनल्यान्डको राजधानी हेलसिन्कीमा बसोबास गर्ने नेपालीहरूले बुधबार साँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन् । हेलसिन्कीको प्रसिद्ध सेतो चर्च अगाडिको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ५ सय भन्दा बढी नेपालीहरूको भावपूर्ण उपस्थिति रहेको थियो । नेपालमा ‘जेनजी’ को आयोजित एक विरोध प्रदर्शनका क्रममा अकालमा ज्यान […]

पोर्चुगल —  पोर्चुगिज फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको व्यावसायिक फुटबल लिग (LPFP) द्वारा आयोजित एक विशेष समारोहमा “सर्वकालीन सर्वश्रेष्ठ खेलाडी” को उपाधिले सम्मानित गरिएको छ । ‘लिगा पोर्चुगल अवार्ड्स’ को तेस्रो संस्करणमा रोनाल्डोलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो, जसले पोर्चुगिज फुटबलमा उनको अतुलनीय योगदानको कदर गरेको छ । पुरस्कार ग्रहण गर्दै पोर्चुगल राष्ट्रिय टोलीका […]

पोर्चुगल — सन् २०१३ मा पोर्चुगलको सिन्ट्रा नगरपालिकामा रहेको एक गहना पसलमा भएको लुटपाट र अपहरणको घटनामा संलग्न एक व्यक्तिलाई १२ वर्षपछि बेलायतमा पक्राउ गरी पोर्चुगल सुपुर्दगी गरिएको छ । पोर्चुगिज न्यायिक प्रहरी (पीजे) ले एक विज्ञप्ति जारी गर्दै ३३ वर्षीय पुरुषलाई गम्भीर डकैती र अपहरणको आशंकामा पक्राउ गरिएको जनाएको छ । घटना २८ मे, […]

पोर्चुगल (लिस्बन) — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली राष्ट्र पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र आगामी सेप्टेम्बर २८ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]

लिस्बन — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । वार्तामा दुई देशबीचको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरहरूबारे छलफल भएको प्रधानमन्त्री मोन्टेनेग्रोले जानकारी दिनुभएको छ । एसिया भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोन्टेनेग्रोले सामाजिक सञ्जाल ‘X’ मार्फत आफूहरूबीच भएको कुराकानीबारे जानकारी दिनुभएको हो । उहाँले आफ्नो पोस्टमा […]

काठमाडौं — मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि आज साँझसम्म विमानस्थल बन्द रहने भएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ । तर, आपत्कालीन उडान र मेडिकल उडान भने […]

युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।” ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ, “जीवन रक्षाका लागि आवश्यक […]

नर्वे — नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए एनसीसी नर्वेको आह्वानमा नर्वेको संसद भवन अगाडि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २३ गते (सेप्टेम्बर ८, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । […]

पोर्चुगल — नेपालमा भएको जेनजी आन्दोलनकाको क्रममा दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै पोर्चुगलमा रहेका जेनजीको समर्थकहरूको आह्वानमा पोर्चुगलको राजधानी लिस्बनस्थित अलामेडा पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २४ गते (सेप्टेम्बर ९, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण […]

काठमाडौँ — नेपालको राजधानी काठमाडौँ तथा देशका अन्य केही स्थानमा भएका हिंसात्मक घटनाप्रति नेपालस्थित सात प्रमुख देशका दूतावासहरूले गहिरो दुःख व्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले संयुक्त रूपमा परिस्थितिलाई शान्तिपूर्ण बनाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका हुन् […]