Home Login

अमेरिकाले ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश विभागका अनुसार अमेरिकी कानुन उल्लङ्घन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेपछि ६ हजार बढी विद्यार्थीहरूको भिसा रद्द गरिदिएको हो । भिसा रद्द गरिने विद्यार्थीमा धेरैजसो मादक पदार्थ सेवन गरी गाडी चलाउने,चोरी र आतं’कवादको समर्थन गरेको अ’भियोग झेल्नेहरु छन् । ट्रम्प प्रशासनको […]

पोर्चुगल (लिस्बन) — विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यका साथ पोर्चुगलमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली नेपालीहरूले नारीहरूको महान पर्व हरितालिका तीज र आफ्नो विशेष मौलिक पर्व गौराको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । आगामी शनिबार, २३ अगस्ट २०२५ का दिन लिस्बनमा आयोजना हुने उक्त […]

पोर्चुगल — पोर्चुगल हालका दिनहरूमा भीषण डढेलोको चपेटामा परेको छ । देशका विभिन्न भागहरू, विशेष गरी मध्य र दक्षिणी क्षेत्रहरूमा लागेको आगोका कारण हजारौं हेक्टर जङ्गल र कृषि भूमि नष्ट भएको छ भने सयौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । मुख्य घटना र प्रभावित क्षेत्रहरू पछिल्लो समय सबैभन्दा बढी प्रभावित क्षेत्र ओडेमिरा (Odemira) नगरपालिका रहेको […]

जर्मनी (बर्लिन) — जर्मनीले करिब ११ महिनादेखि आफ्नो स्थल सीमामा लागू गरेको नियन्त्रणमा ८० मिलियन युरो (करिब ११ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी खर्च भएको खुलासा भएको छ । बुधबार सार्वजनिक गरिएको तथ्याङ्कले यो महँगो योजनाको प्रभावकारिता र यसले निम्त्याएको विवादलाई एकसाथ सतहमा ल्याएको छ । जर्मनीको यो कदमको लक्जेम्बर्गले कडा विरोध गर्दै यसलाई शेङ्गेन […]

पोर्चुगल (लिस्बन) — पोर्चुगिज प्राइमइरा लिगको दोस्रो चरणको खेलमा डिफेन्डिङ च्याम्पियन स्पोर्टिङ सीपीले घरेलु मैदानमा अरोकामाथि ६-० को सानदार जित दर्ता गरेको छ । यो प्रभावशाली जितसँगै स्पोर्टिङले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा स्पोर्टिङले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । टोलीको […]

रोम, इटाली — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको सम्भावित बैठकको पूर्वसन्ध्यामा, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युक्रेनलाई औपचारिक सदस्यता बिना नेटोको जस्तै सुरक्षा ग्यारेन्टी दिने आफ्नो प्रस्तावलाई फेरि जोड दिएकी छिन् । यो प्रस्तावले इटालीको घरेलु राजनीतिमा तरंग ल्याएको छ, जहाँ सत्ता पक्ष र विपक्षी दलहरूबीच तीव्र मतभेद देखिएको छ […]

जेरुसेलम — हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न उनको परिवार र नेपाली राजदूतले आज इजरायलका सर्वोच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् । ७ अक्टोबर २०२३ देखि हमासको बन्धकका रूपमा रहेका बिपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले नेपाली राजदूत धन प्रसाद पण्डितका साथ इजरायलका राष्ट्रपति आइज्याक हर्जोग (H.E. Mr. […]

बेल्जियम — आउँदो १ सेप्टेम्बर २०२५ देखि बेल्जियमले युरोपेली संघ (ईयू) का नागरिकहरूका लागि तीन महिनाभन्दा बढी अवधिको बसोबास अनुमति आवेदन प्रक्रियामा महत्त्वपूर्ण कडाइ गर्ने भएको छ । नयाँ नियम अनुसार, आवेदकहरूले आफ्नो स्थानीय नगरपालिकामा पहिलो पटक दर्ता गर्न जाँदा नै सम्पूर्ण आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बेल्जियमको आप्रवासन कार्यालयले जारी गरेको यो […]

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले आयोजना गरेको विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमका लागि चर्चित गायिका रचना रिमाल पोर्चुगल आइपुगेकी छिन् । युरोपको सांगीतिक टुरमा रहेकी रिमाल आज (अगस्ट १७, आइतबार) बिहान लिस्बन आइपुगेकी हुन् । आजै लिस्बनको लुमियारस्थित राधाकृष्ण मन्दिरमा आयोजना हुने कार्यक्रम बेलुका ४ बजेदेखि सुरु भई राति […]

पेरिस, फ्रान्स — नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा, नेपाली लोक तथा दोहोरी गीत समूह, फ्रान्सको आयोजनामा आज (अगस्ट १७, आइतबार) पेरिसमा एक भव्य तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार जर्मनीबाट पेरिस आइपुग्नुभएको छ । चर्चित गायिका परियारसँगै […]