Home Login

काठमाडौं — सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै यसको चौतर्फी आलोचना सुरु भएको छ । यसै क्रममा, नेपाल पत्रकार महासंघ, युरोप शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यस कदमलाई नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिँदै यसले मुलुकलाई […]

काठमाडौं — सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै यसको चौतर्फी आलोचना सुरु भएको छ । यसै क्रममा, नेपाल पत्रकार महासंघ, युरोप शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यस कदमलाई नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिँदै यसले मुलुकलाई […]

पोर्चुगल —  तमु समाज पोर्चुगलद्वारा आयोजित सातौं संस्करणको तमु कप–२०२५ मा ‘धरन सिटी एफसी पोर्चुगल’ले आफ्नो प्रभुत्व जमाउँदै ओपन र भेट्रान दुवै उपाधि जितेको छ । आइतबार, अगस्ट ३१ तारिखका दिन लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वाको खेल मैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा धरान सिटीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो उपाधि उचालेको हो । ७ ए साइड […]

नयाँ दिल्ली — युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास तेज भइरहेको बेला जर्मनीले भारतलाई आफ्नो प्रभाव प्रयोग गरी निकट सहयोगी रुसलाई शान्ति वार्ताको टेबलमा ल्याउन निर्णायक भूमिका खेल्न आग्रह गरेको छ । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले आफ्नो भारत भ्रमणका क्रममा यो आग्रह गरेका हुन् । यो भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमा आयोजित क्षेत्रीय […]

पोर्चुगल — लिस्बनको मुटुमा रहेको ऐतिहासिक एलेभाडोर दा ग्लोरिया फनिकुलरमा बुधबार साँझ भएको एक विनाशकारी दुर्घटनामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन् । सहरको एक प्रमुख पर्यटकीय आकर्षण मानिने यो फनिकुलरको केबल चुँडिएपछि अनियन्त्रित भई तल खसेर एउटा भवनमा ठोक्किएको थियो । स्थानीय समयअनुसार साँझ करिब ६ […]

ओस्लो, नर्वे —  स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका वडा नं. ३, विर्घा भुष्टुङ गाउँका विष्णु प्रसाद पाण्डेको नर्वेको राजधानी ओस्लोस्थित कालबक्केन क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, परिवारजनको इच्छाबमोजिम दिवङ्गत पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि स्वदेश नेपाल लैजाने तयारी गरिएको छ । यसका लागि लाग्ने अनुमानित खर्च […]

कतार — नाइनस्टार फुटबल क्लब दोहाको आयोजनामा भएको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा आयोजक सेतो, सालिक तलाबात, न्यु स्टार र सिएफसी ब्लु क्लब विजयी भएका छन् । शुक्रबार भएको पहिलो खेलमा आयोजक नाइन स्टार एफसी सेतोले सुनसरी एफसीलाई २/० गोलले हराएको छ । आयोजकको जितका लागि पारस तामाङ र विशाल गुरुङले एक एक […]

सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि नेपाल पनि योग्य भएको छ । फेसबुकले कन्टेन्ट मनिटाइजेसन एडहरु उपलब्ध भएको देश र क्षेत्रमा नेपाललाई पनि समावेश गरेको हो ।  यसको अर्थ फेसबुकमा पोस्ट हुने पब्लिक भिडिओ र रिलहरुबाट पैसा कमाउन सकिनेछ । यसअघि नेपाल यो सूचीमा परेको थिएन । फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई यो सूचीमा […]

काठमाडौँ – नेपाली सांगीतिक आकाशमा एकपछि अर्को लोकप्रिय गीतहरू पस्कँदै आएका गायक रमेश राज भट्टराईले आफ्नो नयाँ सांगीतिक कोसेली ‘एनि हाउ पैसा कमाउ’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान खिच्न सफल भएको छ । आफ्नो सांगीतिक यात्रामा ‘बहुला’ गीतबाट “बहुला गायक” को उपनामले […]

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ । बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ […]