Home Login

कम्बोडिया — मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो। सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए। रेडकर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए। उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय […]

साइप्रस — साइप्रसमा मे २०२५ मा पर्यटक आगमन १३.७ प्रतिशतले बढेर कुल ४ लाख ७९ हजार १ सय ६० पुगेको छ, जुन गत वर्षको सोही महिनामा ४ लाख २१ हजार ४ सय थियो । जनवरी देखि मे २०२५ सम्मको अवधिमा, कुल पर्यटक आगमन १ करोड ३ लाख ४४ हजार ४ सय ८६ पुगेको छ, जुन […]

पोर्चुगल — Corpus Christi २०२५ को अवसरमा नेपाली राजदूतावास लिस्बन बिहीबार जुन १९ तारिख बन्द हुने भएको छ । दूतावासले बुधबार एक सूचना सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएको हो । Corpus Christi पोर्चुगलमा एक महत्त्वपूर्ण इसाई (Christian) चाड हो, जसलाई पोर्चुगलीमा ‘Corpo de Deus‘ (परमेश्वरको शरीर) भनिन्छ। यो चाड क्याथोलिक परम्परामा आधारित छ र […]

इजरायल — दुई देशबीच युद्ध चर्किएपछि इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धार गर्न नेपालले पहल सुरु गरेको छ । त्यसका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ।  दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै दूतावासले पहल […]

स्पेन — प्रधानमन्त्री केपी शर्मा ओली असारको दोस्रो साता युरोप भ्रमणमा आउने भएका छन् । युरोपको स्पेन भ्रमणमा फर्किएलगत्तै भारत भ्रमणमा जाने चर्चा छ । तर, अहिलेसम्म दुवै पक्ष नेपाल र भारतबाट भ्रमणको तयारीबारे आधिकारिक सूचना प्रवाह गरिएको छैन । यही असार १५ गते स्पेनको सेभिल्ला सहरमा हुने कार्यक्रममा भाग लिनको लागि प्रधानमन्त्री त्यसतर्फ जाने […]

बेलायत — प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको स्पष्ट पारेका छन् । पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियताविरोधी शक्ति एमालेविरुद्ध लागेको स्पष्ट गरे । बेलायत भ्रमणमा रहेका पोखरेलले पार्टीनिकट प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै […]

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको छ । जी ७ सम्मेलनमा सहभागी हुन क्यानाडा जानुअघि साइप्रस भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई त्यहाँको सर्वोच्च नागरिक सम्मान ग्राण्ड क्रस अफ दर अर्डर अफ माकारियोस तृतीय प्रदान गरिएको हो । सम्मान प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले कृतज्ञता प्रकट गरेका छन् । उनले भनेका छन्, […]

ब्राजिल — बार्सिलोनाका युवा स्टार लामिन यमल आफ्नो व्यक्तिगत छुट्टी मनाउने क्रममा ब्राजिलको साओ पाउलो आइपुगेका हुन्। उनको यो भ्रमणको मुख्य उद्देश्य आफ्ना बाल्यकालका आदर्श खेलाडी, ब्राजिलियन फुटबल स्टार नेयमार जुनियरसँग भेट्नु रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। १८ वर्षीय यमलले आफ्नो इन्स्टाग्राम स्टोरीमा साओ पाउलो विमानस्थलमा बसेको तस्बिर राख्दै “Chegando” (आइपुग्दै) भनेर लेखेका थिए, जसले […]

विप्लव काफ्ले । स्पेन — आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए । नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए । काल्पे, आल्तेया, […]

साइप्रस — आइतबार पाफोसबाट ब्रिस्टलका लागि उडेको इजीजेटको उडानले क्याबिनमा धुवाँको गन्ध आए पछि टर्कीमा आपतकालीन अवतरण गरेको छ । उडान लगभग ३६,००० फिटको उचाइमा थियो जब क्याप्टेनले उडान भरेको एक घण्टा २० मिनेट पछि इज्मिर विमानस्थलमा आपतकालीन अवतरण गरेको हो । एयरलाइभ प्लेटफर्मका अनुसार, विमान “अचानक टर्कीको पश्चिमतिर मोडियो र इज्मिर विमानस्थलमा ओर्लन थाल्यो”, […]