Home Login

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “संघको विधानले जुलाई महिनाभित्र राष्ट्रिय समितिहरूको निर्वाचन गर्न अनिवार्य गरेको छ,” उनले […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।  ‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले सामाजिक सञ्जाल […]

लिस्बन, पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा खेलकुद, विशेषगरी फुटबल, मनोरञ्जन मात्र नभएर राष्ट्रिय पहिचान, सामाजिक एकता र जनजीवनको अभिन्न अंगको रुपमा रहेको छ। यहाँका नागरिकका लागि खेलकुद, त्यसमा पनि फुटबल, एक प्रकारको धर्म जस्तै हो, जसले उनीहरूलाई भावनात्मक रूपमा एकै ठाउँमा जोड्छ । फुटबल : पोर्चुगलको मुटुको धड्कन पोर्चुगलमा फुटबलको महत्वलाई शब्दमा बयान गर्न कठिन […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको हो । प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले समेत सहभागिता जनाउने भएका छन् […]

नर्वे — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्वे च्याप्टरले ओस्लोमा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा. डा. विशाल सिटौला र अनेसास केन्द्रका उपाध्यक्ष लालगोपाल सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । अधिवेशनले राजेश सापकोटालाई अध्यक्षमा, दीपक खतिवडा गरिमालाई उपाध्यक्षमा, […]

पोर्चुगल — अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको बिधान अनुरुप दुईबर्षे कार्यकाल रहने गरि अधिवेशनबाट निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति […]

रासस — राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड क्षेत्रीय समितिको पहिलो बैठक १५ जुनका दिन संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संगठनमा आवद्ध हुन धेरै इच्छुक भएको निष्कर्षसहित सबैलाई समेट्ने गरि सल्लाहकार र विभिन्न उपसमिति बनाउने निर्णय गरेको छ । बैठकले सदस्यता विस्तारलाई पनि तीव्रता दिने भएको […]

पोर्चुगल — याक्थुङ (लिम्बू) समुदायको महान चाड सिसेक्पा तङनाम ५०८५ (साउने सङ्क्रान्ती २०८२) लाई मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । पोर्चुगलको राजधानी लिस्बोन स्थित सान्ता एपोलोनिया (Santa Apolonia) Rua de manutencae  82 २८ जुलाई सोमबार उक्त कार्यक्रम हुने भएको हो । ‘हाम्रो संस्कार, हाम्रो संस्कृति, […]

काठमाडौं — कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको गीत सार्वजनिक कार्यक्रममा सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।  दीपक शर्माको शब्द, संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी […]

सुर्खेतस्थित कोपिला भ्याली स्कूल विश्वकै ५० उत्कृष्ट विद्यालयको सूचिमा पर्न सफल भएको छ । विश्वभर सकारात्मक सामाजिक परिवर्तन ल्याउन प्रेरणा दिने विद्यालयहरूलाई सम्मान गर्न प्रदान गरिने विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको बुधवार घोषणा गर्दा सो विद्यालय वातावरण अन्तरर्गत अन्तिम फाइनललिस्टको सूचिमा परेको हो । विद्यालयले आफ्नो शैक्षिक मोडेलमा वातावरणीय दिगोपनलाई एक महत्वपूर्ण अंशको रूपमा समेटेको छ […]