Home Login

पोर्चुगल —क्रिस्टियानो रोनाल्डोले गरेको १ सय ३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा शनिबार पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो ।  त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका […]

(दशैँको समयमा विमानस्थलको आन्तरिक उडानतर्फ देखिएको भीड) बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज […]

विहान सुनसान देखिएको काठमाडौंका सडकहरु दिउँसोदेखि भने मानिसहरुको चहलपकल बढेको छ । बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफ्ना घरमा वा आफूभन्दा ज्येष्ठबाट दशैँको टिका लगाएसंगै आफन्तहरुकोमा जाने क्रम बढेको छ । जसका कारण सडकहरुमा सर्वसाधारणको चहलपहल देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने […]

काठमाडौं । आज हिन्दू नेपालीहरूको महान् चाड बडादशैं मान्यजनहरूबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, […]

१० अक्टोबर २०२४। नेपाल पत्रकार महासंघ युरोप शाखाले नियमित रुपमा संचालन गर्दै आएको संवाद कार्यक्रमको ९९ औं श्रृंखला हिजो सम्पन्न गरेको छ । प्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा सरोकारवाला निकायलाई समस्या समाधानमा जिम्मेवार बनाउँदै आएको नेपाल पत्रकार महासंघ युरोपको माल्टा विशेष ९९ औं श्रृंखला भर्चुअल मार्फत सम्पन्न गरेको हो । माल्टा विशेष संवाद कार्यक्रममा […]

१० अक्टोबर । प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु. ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो। अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा […]

माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टाका पदाधिकारीहरू र माल्टाको राष्ट्रपति बीच ऐतिहासिक भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उदेश्यका साथ यो भेटवार्ता भएको हो । उक्त महत्वपूर्ण भेटवार्तामा एनआरएनए माल्टाका तर्फबाट अध्यक्ष सहित चारजना प्रतिनिधिको सहभागिता थियो।छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा […]

धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ। मंगलबार सदरमुकाम धादिङबेसीमा भएको समाजको तेस्रो महाधिवेशनले अध्यक्षमा पुनः खकुराललाई नेतृत्व चयन गरेको हो ।अविधेशनबाट वरिष्ष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल),उपाध्यक्षहरुमा सविना थपलिया (अस्ट्रेलिया) राजेन्द्र श्रेष्ठ (जापान),बद्री खतिवडा (अमेरीका) चयन भएका छन् भने महासचिवमा बाबुकाजी भण्डारी (जापान) चयन भएका हुन्। यस्तै नयाँ नेतृत्वको सचिवः राजेन्द्र थपलिया (द.कोरिया) […]

७ अक्टुवर २०२४ । प्रवासी नेपालि समाज (नेपाली जन प्रगतिशील मन्च) अमेरिका राष्ट्रीय कार्यसमितिले दशैं तिहार, छट् र नेपाल संवत दलगायत चाडपर्वको अवसरमा प्रशिक्षणमुलक शुभकामना आदान प्रदान कार्यक्रम सोमबार गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपाघ्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटाले नेपाल शित युद्धको चपेटामा पर्ने खतरा, समाधान र समाजवादी धारको निर्माण […]

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण […]