Home Login
खेलकुद

चर्चित फुटबलर लामिन यमल ब्राजिलमा

ब्राजिल — बार्सिलोनाका युवा स्टार लामिन यमल आफ्नो व्यक्तिगत छुट्टी मनाउने क्रममा ब्राजिलको साओ पाउलो आइपुगेका हुन्। उनको यो भ्रमणको मुख्य उद्देश्य आफ्ना बाल्यकालका आदर्श खेलाडी, ब्राजिलियन फुटबल स्टार नेयमार जुनियरसँग भेट्नु रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

१८ वर्षीय यमलले आफ्नो इन्स्टाग्राम स्टोरीमा साओ पाउलो विमानस्थलमा बसेको तस्बिर राख्दै “Chegando” (आइपुग्दै) भनेर लेखेका थिए, जसले उनको ब्राजिल आगमनको पुष्टि गरेको थियो।

यमलले पहिले देखि नै नेयमारलाई आफ्नो प्रेरणाको स्रोत मान्दै आएका छन् र उनीसँग भेट्ने इच्छा व्यक्त गरेका थिए।

यो भ्रमण पूर्णतया व्यक्तिगत र छुट्टीको समयमा भएको हो। यसको कुनै व्यावसायिक वा फुटबल क्लबसँग सम्बन्धित कारण भने छैन।

Leave a Reply