Home Login

पोर्चुगल — पोर्चुगलको मौसम विज्ञान संस्थान (IPMA) ले यस सप्ताहांत (डिसेम्बर १९ देखि २१ सम्म) को लागि विशेष बुलेटिन जारी गर्दै मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको छ । आइसल्याण्ड र इबेरियन प्रायद्वीपको बीचमा विकास भएको विशाल न्यून-चापीय क्षेत्र र त्यससँग सम्बन्धित चिसो मोर्चाका कारण पोर्चुगलको मुख्य भूमिमा मौसम प्रतिकूल रहने अनुमान गरिएको छ । […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]

पोर्चुगल — पोर्चुगलको मौसम विज्ञान तथा भूभौतिकी संस्थान (IPMA) को ताजा पूर्वानुमान अनुसार आज देशका अधिकांश भागमा मौसममा उल्लेख्य परिवर्तन आउने देखिएको छ । विशेषगरी उत्तरी र मध्य क्षेत्रमा भारी वर्षा र तटीय क्षेत्रमा समुद्रको अवस्था खतरनाक हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । IPMA द्वारा चेतावनी जारी मौसममा आउने खराबीलाई मध्यनजर […]

लिस्बन —  पोर्चुगल सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिकमा थप वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२६ का लागि राष्ट्रिय न्यूनतम तलबमा ५० युरोले वृद्धि गर्ने औपचारिक निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि सन् २०२६ मा न्यूनतम तलब ८७० युरोबाट बढेर ९२० युरो (ग्रस) पुग्नेछ । यो महत्वपूर्ण घोषणा राष्ट्रपतिको कार्यालयका […]

फारो — संयुक्त अधिराज्यको लन्डन स्ट्यान्स्टेड विमानस्थलबाट क्यानरी टापुको फुएर्टेभेन्चुरातर्फ उडिरहेको जेट २ (Jet2) एयरलाइन्सको एक विमानले आज पोर्चुगलको अल्गार्वे क्षेत्रस्थित फारो विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । विमानका कमाण्डरले उडानकै क्रममा प्राविधिक वा अन्य सुरक्षा संवेदनशीलताका कारण ‘अलर्ट’ जारी गरेपछि विमानलाई आकस्मिक रूपमा अवतरण गराइएको हो । राष्ट्रिय आपतकालीन तथा नागरिक सुरक्षा प्राधिकरण (ANEPC) […]

पोर्चुगल — आजको मौसम विशेष गरी पोर्चुगलको तटीय र समुद्री क्षेत्रहरूमा केही चुनौतीपूर्ण रहने पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभाग (IPMA) ले जारी गरेको पछिल्लो जानकारी अनुसार, आज मध्यान्ह १२:०० बजेसम्मका लागि सेतुबल, बेजा र फारोजिल्लाहरूमा ‘पहेँलो तह’ को समुद्री चेतावनी जारी गरिएको छ । यो चेतावनी विशेष गरी समुद्रमा आउने उग्र छालहरूलाई मध्यनजर गर्दै […]

लिस्बन — लिस्बनको हम्बर्टो डेलगाडो विमानस्थलमा सीमा नियन्त्रण प्रणालीमा आएको गम्भीर प्राविधिक समस्याका कारण हवाई यात्रा गर्ने यात्रुहरूले चरम सास्ती खेप्नुपरेको छ । सोमबारदेखि देखिएको यो समस्या मंगलबार बिहानसम्म आइपुग्दा झन् विकराल बनेको छ, जसका कारण विमानस्थलको आगमन र प्रस्थान कक्षमा यात्रुहरूको लामो लाइन लागेको छ । सार्वजनिक सुरक्षा प्रहरी (PSP) का अनुसार, प्राविधिक कठिनाइले […]

जर्मनी — इनसाइडर मंकीले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार युरोपका सबैभन्दा ‘घृणित’ वा मन नपराइएका देशहरूको सूचीमा जर्मनीले शीर्ष पाँचभित्र स्थान बनाएको छ । विभिन्न सर्वेक्षण, अनलाइन फोरम र राजनीतिक तथा सामाजिक धारणाका आधारमा तयार पारिएको यो सूचीले युरोपभित्र र बाहिर रहेका मानिसहरूको देशप्रतिको धारणालाई उजागर गरेको छ । युरोपको आर्थिक ‘पावर हाउस’ मानिने […]

सिन्ट्रा — सिन्ट्रा नगरपालिकामा देखिएको प्रतिकूल मौसम, विशेष गरी सिन्ट्राका पर्वत श्रृंखलाहरूमा चलिरहेको तीव्र गतिको हावाहुरीलाई मध्यनजर गर्दै आज डिसेम्बर १६ का दिन यहाँका प्रमुख ऐतिहासिक तथा पर्यटकीय स्थलहरू पूर्ण रूपमा बन्द गरिएको छ । यस आकस्मिक निर्णय अन्तर्गत पर्यटकहरूको मुख्य आकर्षणका केन्द्र मानिने मूरिश महल, पेना राष्ट्रिय दरबार तथा पार्क, मोन्सेरेट दरबार र पार्क, […]