पोर्चुगल — हालै ‘वर्ल्डएटलस’ले विश्वका शीर्ष २० सबैभन्दा मनपर्ने देशहरूको सूची सार्वजनिक गरेको छ । क्यानडा, नर्वे र स्वीडेनजस्ता मुलुकहरूले प्राकृतिक सौन्दर्य र उच्च जीवनस्तरका कारण शीर्ष स्थान ओगटे पनि, यो सूचीमा युरोपेली राष्ट्रहरूको वर्चस्व स्पष्ट देखिन्छ । इतिहास, आधुनिकता र सांस्कृतिक सम्पन्नताको त्रिवेणी मानिने युरोपका धेरै देशहरूले विश्वभरका मानिसहरूको मन जित्न सफल भएका छन् […]


