Home Login

(एआईएमए र नोभा विश्वविद्यालयको अध्ययनले देखायो १५ लाख ४३ हजार विदेशी, ५८ हजार ५ सय नेपाली आधिकारिक रूपमा बसोबास) लिस्बन  — पछिल्लो समय युरोपेली मुलुक पोर्चुगलमा आप्रवासीहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । आप्रवासन, एकीकरण र शरण एजेन्सी (एआईएमए) र नोभा विश्वविद्यालयले गरेको एक पछिल्लो अध्ययनअनुसार, पोर्चुगलमा हाल करिब १५ लाख ४३ हजार ६९७ जना विदेशी […]

लिस्बन — पछिल्लो समय युरोपली मुलुक पोर्चुगल नेपालीहरूको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँ नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएसँगै उनीहरूका समस्याहरू पनि थपिएका छन् । लामो समयसम्म राजदूतावास नहुँदा सास्ती भोगेका नेपालीहरूले राजधानी लिस्बनमा दूतावास स्थापना भएपछि पनि समस्याबाट पूर्ण रूपमा मुक्ति पाउन सकेका छैनन् । विशेषगरी, राहदानी (पासपोर्ट) नवीकरण तथा नयाँ […]

स्लोभेनिया — राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्स सोमबार स्लोभेनियामा हुने नौ भूमध्यसागरीय र दक्षिणी युरोपेली संघका सदस्य राष्ट्रहरूको MED9 शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।  त्यसपछि बुधबार युरोपेली परिषद्को लागि ब्रसेल्स जानुअघि साइप्रसको आगामी EU अध्यक्षताको तयारीको लागि कार्य भ्रमण गर्नुहुनेछ । MED9 शिखर सम्मेलन पोर्टोरोजमा हुनेछ र क्रोएसिया, फ्रान्स, ग्रीस, इटाली, माल्टा, पोर्चुगल, स्लोभेनिया र स्पेनका प्रतिनिधिहरू […]

पोर्चुगल — युरोपेली संघ (EU) भित्रका ९ दक्षिणी देशहरूको समूह ‘MED 9’ को शिखर सम्मेलन भोलि स्लोभेनियामा आयोजना हुँदैछ । सम्मेलनको पूर्वसन्ध्यामा, पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफ्नो देशको अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयतामाथि जोड दिनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रधानमन्त्री मोन्टेनेग्रोले भन्नुभयो, “पोर्चुगलले हाम्रा साझेदारहरूको विश्वसनीयता, सम्मान र विश्वास कायम राख्न आफ्नो अन्तर्राष्ट्रिय […]

काठमाडौं — यही कार्तिक १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘परान’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंको रञ्जना हलमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर पारिवारिक कथावस्तुमा आधारित छ । विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजी रहेका एक बाबुको पीडालाई चलचित्रको ट्रेलरमा देखाइएको छ । बाबुआमाले बुढेसकालमा सन्तानको […]

युरोपेली सांसदहरूले नाबालिकलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र इआइको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन् । युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरुले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको अनुमति बिना वा बिना सामाजिक सञ्जालमा पहुँच […]

मेक्सिको — मेक्सिको र युरोपियन सङ्घबीचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागू हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिएकी छिन् । यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुहरूमा महसुल कटौती गर्नेछ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पुर्‍याउनेछ । स्थानीय सञ्चारमाध्यमका अनुसार, यसले ८६ […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन, एकीकरण र शरण एजेन्सी (एआईएमए) ले विदेशी नागरिकहरूको बसोबास अनुमति (Residence Permit) सम्बन्धी महत्वपूर्ण स्पष्टीकरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले म्याद सकिएका वा सकिन लागेका आवासीय कार्ड भएका लाखौं आप्रवासीहरूलाई राहत प्रदान गर्नेछ, विशेष गरी नवीकरण प्रक्रियामा रहेकाहरूलाई । नियामक डिक्री नम्बर ८४/२००७ को धारा ६३, अनुच्छेद १४ को प्रावधान […]

पोर्चुगल —   पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले लामो समयदेखि चलेको राजनीतिक र संवैधानिक बहसलाई अन्त्य गर्दै विवादास्पद नयाँ विदेशी कानूनलाई अनुमोदन गर्नुभएको छ । यो कानूनले पोर्चुगलमा विदेशीहरूको प्रवेश, बसाइ, प्रस्थान र पारिवारिक पुनर्मिलन सम्बन्धी नियमहरूमा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, संसदले पठाएको संशोधित विधेयकलाई ‘७० प्रतिशत प्रतिनिधिहरूले अनुमोदन […]

यही अक्टोबर १५ तारीख बुधबारका दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट इनास ग्लोबल समितिको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा पोल्याण्डबाट मित्रलाल पार्दे,अमेरिकाबाट राधी क्षेत्री,डेनमार्कबाट […]