Home Login

पोर्चुगल (लिस्बन) — लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदन सम्बन्धी एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । सूचना अनुसार, आगामी नोभेम्बर २०२५ को पहिलो हप्ताका लागि चाहिने राहदानी नवीकरणको अनलाइन आवेदन आज, १७ अक्टोबर २०२५, शुक्रबार साँझ ५ बजेदेखि खुला गरिने भएको छ । यो व्यवस्था विशेष गरी […]

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) राष्ट्रिय समिति पोर्चुगलले कार्यकाल २०२५/२०२७ का लागि नयाँ कार्यसमिति पाएको छ । चर्चित नृत्य निर्देशक नृपध्वज खत्री “निरिप” को अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई इनासको ग्लोबल समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ । गत ६ अक्टोबर २०२५ मा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको यस कार्यसमितिको अनुमोदनका लागि युरोप क्षेत्रीय […]

स्पेन —  बेनिड्रोममा जेठ महिनामा भएको राहदानी घुम्ती शिविरमा बनेका राहदानी (पासपोर्ट) कोष्टाव्लाङ्कामा रहेका नेपालीले पाउने भएका छन् । नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सम्बन्धित व्यक्तिहरुबाट मञ्जुरीनामा पत्र र आवश्यक कागजात संकलन गरि एकैसाथ म्याड्रीड स्थित नेपाली राजदूतावासमा बुझाएको थियो । कार्यव्यस्तता र लामो दुरीको यात्रा गर्नुपर्ने भन्दै अधिकाँस नेपालीले बेनिड्रोमबाटै राहदानी वितरण गर्न […]

साइप्रस — साइप्रसमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले यस वर्ष साइप्रसको पर्यटकीय सहर पाफोसमा पहिलो पटक सोनाम लोसार कार्यक्रम आयोजना हुने भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायले मनाउने महान् सांस्कृतिक पर्व सोनाम लोसारको अवसरमा उक्त विशेष कार्यक्रम आयोजना गर्न लागिएको […]

रोमानिया —  रोजगारीको सिलसिलामा रोमानियामा रहेका बेला दुई छुट्टाछुट्टै दुःखद घटनामा ज्यान गुमाएका तीन जना नेपालीको शव नेपाल पठाइएको छ । पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा बिहीबार टर्किश एयरलाइन्सको जहाजमार्फत पठाइएको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ । मृत्यु हुनेहरूमा गत सेप्टेम्बर २२ मा रोमानियाको प्राहोभास्थित एक होटलमा भएको भीषण आगलागीमा परी […]

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीकाका लागि विश्वका विभिन्न देशहरूमा शुभ साइत (शुभ समय) सार्वजनिक गरेको छ । समितिको हालैको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो । नेपालको लागि शुभ साइत समितिका अनुसार, नेपालमा भाइटीका २०८२ […]

पोर्चुगल — युरोपेली संघको नयाँ प्रवेश/निकास प्रणाली (EES) लागू भएसँगै लिस्बन विमानस्थलको सीमा नियन्त्रणमा देखिएको तनावपूर्ण अवस्थामा सुधार आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ प्रणालीको सुरुवाती दिनहरूमा शेन्जेन क्षेत्र बाहिरबाट आउने यात्रुहरूले ९० मिनेटभन्दा बढी समयसम्म लामो लाइनमा पर्खनुपरेको थियो, तर बुधबार (१५ अक्टोबर) सम्ममा स्थिति धेरै हदसम्म शान्त बनेको विमानस्थल सञ्चालकले जनाएको छ […]

पोर्चुगल — पोर्चुगलको एकीकरण, माइग्रेसन र शरणार्थी एजेन्सी (एआईएमए) द्वारा जारी गरिएको पछिल्लो तथ्याङ्कले देशको आप्रवासन नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनलाई उजागर गरेको छ । सन् २०२५ को पहिलो छ महिनामा मात्रै ९ हजार भन्दा बढी विदेशी नागरिकहरूलाई पोर्चुगल छोड्न सूचित गरिएको छ, जसले आप्रवासन व्यवस्थापनमा सरकारको बदलिँदो र कडा रणनीतितर्फ सङ्केत गर्दछ । एआईएमए द्वारा […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा तीन दिन दूतावास बन्द रहने सम्बन्धी एक महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ । वि.सं. २०८२ को दीपावली, म्ह:पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा उक्त बिदा दिइएको हो । दूतावासले जारी गरेको सूचनामा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा […]

अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ । हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ । पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने […]