Home Login

पोर्चुगल (लिस्बन) —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि अनलाइन आवेदन खुला गर्ने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासका अनुसार, आगामी नोभेम्बर २०२५ को दोस्रो साताका लागि आज (२४ अक्टोबर) साँझ ५ बजेदेखि अनलाइन अपोइन्टमेन्ट प्रणाली खुला गरिनेछ । यो सूचना विशेष गरी ती नेपाली नागरिकहरूका लागि लक्षित छ, जसको […]

सम्पादक

गत अक्टोबर २० तारिख युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटिक डटकम बाट (बुबाबाटै यौन दुर्व्यवहार भोगेको आरोप : फिनल्यान्डमा बस्ने रीजाको एक वर्षे संघर्ष) शीर्षकमा एउटा न्युज समाचार प्रकाशित भएको थियो । उक्त समाचार हामीले सम्बन्धित व्यक्तिको फेसबुक स्टाटसको आधारमा प्रकाशन गरेका थियौं । हाल उक्त स्टाटस हटाइएको जानकारी प्राप्त भएको छ । उक्त विषय अदालतको […]

लिस्बन — पोर्चुगलको पर्यटन क्षेत्रले यस वर्षको अगस्ट महिनामा एक नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । बैंक अफ पोर्चुगलद्वारा जारी र ECO ले रिपोर्ट गरेको पछिल्लो तथ्याङ्कअनुसार, अगस्ट २०२५ मा देशको यात्रा र पर्यटन निर्यात बढेर कुल ४.३ बिलियन युरो (चार अर्ब तीस करोड युरो) पुगेको छ । यो आँकडाले पोर्चुगलको अर्थतन्त्रमा पर्यटन क्षेत्रको […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो आप्रवासन नीतिमा ठूलो परिवर्तन गर्दै ‘काम खोज्ने भिसा’ (Work-seeking visa) का लागि लिइएका सबै अपोइन्टमेन्टहरू रद्द गर्ने घोषणा गरेको छ । यो निर्णय भोलि, अक्टोबर २३, २०२५ देखि तुरुन्तै लागू हुनेछ । राज्य तथा विदेश मन्त्रीको कार्यालयले आज जारी गरेको एक आधिकारिक विज्ञप्ति अनुसार, यो कदम नयाँ विदेशी कानूनको कार्यान्वयनसँगै […]

पोर्चुगल — पोर्चुगलमा क्रियाशील झापालीहरूको साझा संस्था, झापाली समाज पोर्चुगलले नयाँ कार्यसमिति पाएको छ । समाजको हालै सम्पन्न निर्वाचनबाट सचिन लिम्बुको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुप खड्का चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा दिपेश थापा, नबिन खड्का र सन्तोष गौतम रहनुभएको छ । यसैगरी, महासचिवको महत्त्वपूर्ण […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली समुदायलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतिष्ठित ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ को मिति परिवर्तन भएको छ । आयोजक नेपाली क्लब साओ टियोटोनियोले एक सूचना जारी गर्दै, यसअघि नोभेम्बर १६ मा हुने भनिएको प्रतियोगिता केही प्राविधिक कारणवश एक साता पछि, अर्थात् नोभेम्बर २३ मा आयोजना […]

जसमान दर्नाल जीवन । जाग्रेब — पछिल्लो समय नेपाली श्रमिकका लागि युरोप आकर्षक गन्तव्य बन्दै गर्दा, युरोप छिर्ने ‘ट्रान्जिट पोइन्ट’ मानिने क्रोएसियामा हजारौं नेपालीहरू राहदानी (पासपोर्ट) सम्बन्धी गम्भीर समस्यामा फसेका छन् । राहदानी नविकरण गरेर पनि नेपाल सरकारको अस्ट्रियास्थित भियना दूतावासले सहज रूपमा उपलब्ध नगराउँदा हजारौं नेपालीले सास्ती झेल्नुपरेको छ । यसकै कारण कयौंले आफ्नो […]

हेलसिन्की (फिनल्यान्ड) — युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएकी एक नेपाली युवती, रीजा कडेलले, आफ्नै बुबा माथि गम्भीर यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । न्यायको खोजीमा निस्केको एक वर्ष पूरा भएको सन्दर्भमा, उनले आफ्नो पीडादायी संघर्ष, सांस्कृतिक चुनौती र वर्तमानको सशक्त यात्राबारे खुलासा गरेकी हुन् । रीजाले आफ्नो एक वर्ष लामो न्यायको लडाइँलाई फर्केर हेर्दै […]

पोर्चुगल — पोर्चुगलको संसद्ले सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । अति दक्षिणपन्थी चेगा पार्टीले प्रस्ताव गरेको विधेयकलाई संसद्ले अनुमोदन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यो विधेयकले मुस्लिम महिलाहरूले लगाउने बुर्का र निकाबलाई प्रभावकारी रूपमा लक्षित गरेको छ । विधेयक अन्तर्गत सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउनेलाई […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको आप्रवासन, एकीकरण तथा शरण सम्बन्धी एजेन्सी (AIMA – Agência para a Integração, Migrações e Asilo) ले आवास अनुमति (Residence Permit) नवीकरण सम्बन्धमा एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । एजेन्सीका अनुसार, जिन व्यक्तिहरूको आवास अनुमतिको म्याद नोभेम्बर २०२५ मा समाप्त हुँदैछ, उनीहरूका लागि अनलाइन नवीकरण पोर्टल खुला गरिएको छ । यो […]