Home Login

पोर्चुगल — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली राजदूतावासले एक जरुरी सूचना प्रकाशित गरी ‘लट ४’ अन्तर्गत राहदानीका लागि आवेदन दिएका आवेदकहरूका राहदानी वितरणका लागि तयार भएको जानकारी दिएको छ । दूतावासले सम्बन्धित आवेदकहरूलाई कार्यालय समयमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको छ । दूतावासद्वारा जारी सूचना अनुसार, राहदानी लिन आउँदा आवेदकहरूले आफ्नो नाम रहेको क्रम […]

क्यानडा — सन् २०२५ मा पनि नेपालीहरूको विदेश यात्राको क्रमले निरन्तरता पाएको छ, जसका मुख्य चालक वैदेशिक रोजगारी र उच्च शिक्षा नै देखिएका छन् । अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र शिक्षा मन्त्रालयबाट प्राप्त यस वर्षको हालसम्मको तथ्याङ्कले नेपालीहरूको प्रमुख गन्तव्य खाडी मुलुक, मलेसिया र अस्ट्रेलिया रहेको देखाएको छ । घुमफिर र व्यापारका लागि छिमेकी […]

बेलायत — अमेरिकाले अवैध आप्रवासीका लागि कडा नीति अपनाएलगत्तै बेलायतले पनि अवैध आप्रवासन रोक्न नयाँ योजना ल्याउने तयारी थालेको छ । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले डिजिटल आईडीसम्बन्धी नयाँ योजना ल्याउने घोषणा गर्नुभएको छ । जसले अवैध रूपमा काम गर्नेलाई कठिन बनाउने र देशको सीमालाई अझ सुरक्षित बनाउने उहाँको दाबी छ । प्रधानमन्त्री स्टार्मरले लेबर पार्टीसहित […]

धादिङ :  धादिङको गंगा जमुना गाउँपालिका–७, बुढाथुमस्थित लोकुवा गाउँमा दशैंको आगमनसँगै घरघरमा रातोमाटोले लिपपोत गरेर देखिने सुन्दरता र सांस्कृतिक रौनक अब केवल सम्झनामा सीमित हुन थालेको छ । एक दशक अघिसम्म दशैं सुरु हुनासाथ गाउँका हरेक घरलाई रातोमाटो र सेतो कमेरोले सिंगार्ने चटारोले छोप्थ्यो, तर आज त्यो परम्परा आधुनिकताको प्रभाव र बसाइँसराइको चपेटामा परेर लगभग […]

पोर्चुगल (लिस्बन) — पोर्चुगिस गणतन्त्रका राष्ट्रपति महामहिम मार्सेलो रेबेलो डे सौसाले पाकिस्तानका राजदूत डा. मुहम्मद खालिद एजाजलाई लिस्बनस्थित राष्ट्रपति भवन, पालासीओ डे बेलिममा एक विशेष भेटघाटका लागि दर्शक प्रदान गर्नुभएको छ । उक्त भेटवार्ता दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउने विषयमा केन्द्रित रहेको थियो । राजदूत एजाजले सम्माननीय राष्ट्रपति डे सौसा […]

साइप्रस (लिमासोल) — हिन्दू नेपालीहरूको महान चाड बडा दशैंको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, साइप्रसले विशेष साँस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ आयोजना गर्ने भएको छ । आउँदो अक्टोबर ५ तारिख, आइतबारका दिन साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा यो भव्य कार्यक्रम आयोजना हुन लागेको हो । स्थापनाकालदेखि नै साइप्रसमा विभिन्न सामाजिक कार्यमा […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले नेपालीहरूको महान् चाड विजयादशमी २०८२ को पावन अवसरमा सम्पूर्ण पोर्चुगलवासी नेपालीहरूमा शुभकामना व्यक्त गर्दै तीन दिनका लागि दूतावास बन्द रहने घोषणा गरेको छ । दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै आउँदो असोज १५ गतेदेखि १७ गते (तदनुसार १ अक्टोबर २०२५ देखि ३ […]

पोर्चुगल (लिस्बन) — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले आज मङ्गलबार नेपाली राजदूतावास लिस्बनमा १२ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै दूतावासमार्फत उपलब्ध हुने कागजी सेवामा शुल्क न्यूनिकरण गर्न माग गरेको छ । संघका अध्यक्ष बम बहादुर जी.सी.को नेतृत्वमा गएको टोलीले महामहिम राजदूत प्रकाश मणि पौडेललाई बुझाएको उक्त ज्ञापनपत्रमा, हालका सेवा शुल्कहरू पोर्चुगलको आम्दानी स्तरको तुलनामा […]

पोर्चुगल — राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै जारी गरिएको तथ्याङ्क अनुसार, देशको घरजग्गा बजारले एक असाधारण चरण पार गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (अप्रिल-जुन) मा घरको मूल्य हालसम्मकै तीव्र गतिमा बढेर नयाँ कीर्तिमान कायम गरेको छ । यस अवधिमा घरको मूल्यमा गत वर्षको सोही अवधिको तुलनामा १७.२ प्रतिशतको भारी वृद्धि रेकर्ड […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको एकीकरण, आप्रवासन तथा शरणार्थी एजेन्सी (एआईएमए) ले अक्टोबर २०२५ मा आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद सकिन लागेका विदेशी नागरिकहरूका लागि अनलाइन नवीकरण प्रक्रिया सुरु भएको घोषणा गरेको छ । एआईएमएले सेप्टेम्बर २२ तारिख, सोमबार, आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत एक सूचना प्रकाशित गर्दै नवीकरणका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको […]