Home Login

पोर्चुगल —  संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएका छन् । सन् २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामाथि तीव्र आक्रमण चलाएको थियो । यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका धेरै राष्ट्रहरू हालै आफ्ना नीतिमा परिवर्तन गर्न […]

काठमाडौं — दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौं ले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस अफरमा सहभागी हुने ग्राहकका लागि […]

काठमाडौं — नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्ष, प्रेमनाथ श्रेष्ठ महासचिव, राजीव खडका सचिव र वीरकृष्ण महर्जन कोषाध्यक्षमा चुनिए । अमिर ओड, कमला घर्ती, याङशु […]

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टिकाको शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिको शनिबार काठमाडौंमा बसेको बैठकबाट निर्णय गरी विभिन्न देशका लागि विजयादशमीको लागि उत्तम साइतहरू सार्वजनिक गरेको हो । समितिका सचिव आचार्य लक्ष्मण पन्थीले विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमान अनुसार […]

संयुक्त राष्ट्र —  ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो । सर्वेक्षण अनुसार, सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राती एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका छन् । यो दर ग्यालपले […]

स्पेन — विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने विश्व विजेता अर्जेन्टिना दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ । यता, नेपाल भने आफ्नो पुरानै स्थानमा यथावत रहेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६ औं स्थानमा कायम छ । दक्षिण एसियाली […]

पोर्चुगल — पोर्चुगलका विश्वप्रसिद्ध र सफल फुटबल प्रशिक्षक जोसे मोरिन्हो आफ्नो पुरानो क्लब एसएल बेन्फिकामा मुख्य प्रशिक्षकको रूपमा फर्किएका छन् । क्लबले बुधवार एक विशेष कार्यक्रम मार्फत मोरिन्होलाई २०२७ को अन्त्यसम्मका लागि क्लबमा अनुबन्ध गरेको आधिकारिक घोषणा गरेको हो । ‘द स्पेशल वन’ का रूपमा परिचित मोरिन्होको यो पुनरागमनलाई पोर्चुगिज फुटबल र विश्वभरका फुटबल प्रशंसकहरूले […]

पोर्चुगल —  युरोपेली संघ बाहिरका देशहरूबाट पोर्चुगल यात्रा गर्ने यात्रुहरूका लागि सीमा नियममा ठूलो परिवर्तन हुने भएको छ । आगामी अक्टोबर १२ देखि लागू हुने नयाँ प्रणालीअनुसार अब पासपोर्टमा हातले स्ट्याम्प लगाउने पुरानो प्रक्रिया अन्त्य भई सम्पूर्ण विवरण इलेक्ट्रोनिक रूपमा दर्ता गरिनेछ । यो परिवर्तन पोर्चुगलले शेन्जेन क्षेत्रको नयाँ युरोपेली प्लेटफर्म, प्रवेश/निकास प्रणाली (Entry/Exit System […]

पोर्चुगल (लिस्बन)  — पोर्चुगलको कार्तासो शहरमा एक नेपाली नागरिकले सँगै बस्ने पोर्चुगिज नागरिकको छुरा प्रहार गरी हत्या गरेका छन् । खाना बनाउने विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा ३८ वर्षीय नेपाली पुरुषले ३० वर्षीय स्थानीय पोर्चुगिज युवाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटना गत सोमबारको हो । एउटै घरमा बस्दै आएका उनीहरूबीच […]

पोर्चुगल — युरोपेली सपना बोकेर पोर्चुगल पुगेका हजारौं नेपाली लगायत अन्य आप्रवासीहरूमाझ बुधबार, सेप्टेम्बर १७, २०२५ देखि एक किसिमको त्रास र अनिश्चितताको वातावरण सिर्जना भएको छ । पोर्चुगलको अध्यागमन निकायले देशको राजधानी लिस्वनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्किन लागेका केही नेपालीसहित १२ जना आप्रवासीहरूको अस्थायी तथा स्थायी आवास अनुमतिपत्र (रेसिडेन्स पर्मिट) खारेज गरिदिएको खबरले सिंगो […]