Home Login
प्रवास

न्यूजिल्याण्डमा स्थायी बसोबास गर्नेका लागि गोल्डन भिषा सुरु

न्यूजिल्याण्ड — विश्वभरी आप्रवासनमा नयाँ नयाँ नियमहरु प्रतिपादन हुँदै गर्दा सबैले आआफ्नो देशमा लगानी भित्र्याउने र राम्रा मानिसहरुलाई आकर्षण गर्ने होडवाजी चली रहेको छ ।

त्यसको पछिल्लो देश हो न्यूजिल्याण्ड । २०२५ नोभेम्बर २४ देखि न्यूजीलेन्डले नयाँ बिजनेस इन्भेष्टर वर्क भिसाको आवेदन खुला गरेको छ । जसलाई गोल्डन भिषा नामाकरण गरिएको छ ।

उनिहरुको उदेश्य पनि त्यसैगरी विश्वभरीबाट राम्रा र दक्ष मानिस र लगानी भित्र्याउने उदेश्य नै देखिन्छ । त्यस भिषाले चार वर्षसम्म बसोबासको अनुमति दिन्छ । यस भिषाको मुख्य फाईदा भनेको एक पटक त्यो भिषा लिएकाहरुलाई स्थायी बसोबासका लागि मार्ग प्रशस्त गर्नेछ । निश्चित अवधिपछि व्इापार लगानी भिषामा परिणत हुने र अन्तत स्थायी बसोवास पाउने छन ।

विश्वभरिका मानिसहरुका लागि खुल्ला गरिएको सो भिषामा यात्रुहरू न्यूजीलेन्डको विविध वन्यजन्तु र समृद्ध संस्कृतिप्रति लामो समयदेखि आकर्षित हुँदै आएका छन् । यो प्रक्रियामा भाग लिन केहि निश्चित रकम आवश्यक पर्दछ ।

आवेदकहरूले दुई विकल्पमध्ये एक छान्न सक्नेछन । जसमा पहिलो ३ वर्षको वर्क–टु–रेजिडेन्सी ट्र्याकका लागि १ मिलियन न्यूजील्याण्ड डलर अर्थात करिब ५ लाख ६७ हजार यूएस डलर लगानी गर्नुपर्ने हुन्छ । अर्को विकल्प भनेको १ वर्षको छिटो प्रक्रियाका लागि २ मिलियन न्यूजील्याण्ड डलर (करिब ११ लाख ३४ हजार ४८०) अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । स्मरणीय रहोस सामान्य आपैवासीहरुका लागि भने न्यूजिल्याण्डले विगतमा दिंदै आएको सजिलो प्रक्रियालाई बसोबास गर्न कडाई गर्ने तयारी गरेको बताईन्छ ।

यसको अतिरिक्त करिब ७ हजार अमेरिकी डलर आवेदन शुल्क पनि तिर्नुपर्नेछ । त्यसमा लगानी गरिएको व्यवसायको संचालनमा सक्रिय रूपमा सहभागी हुनुपर्छ । निर्धारित समय पूरा भएपछि भिसा धारकले बिजनेस इन्भेष्टर रेसिडेन्ट भिसामार्फत स्थायी रूपमा बस्न आवेदन दिन सक्नेछन ।

त्यसका केहि सर्तहरु पनि रहेका छन । आवेदकसँग कम्तीमा करिब २ लाख ८३ हजार अमेरिकी डलर आफ्नो र परिवारको खर्च चलाउनको लागि हुनु आवश्यक छ । जसमा आवेदकले आफ्ना जीवनसाथी र आश्रित बच्चाहरू ल्याउन सक्छन । साथै, उनीहरूले आफूलाई व्यवसायिक रूपमा योग्य भएको प्रमाणित गर्नुपर्र्नेछ—जसमा सरकारका अनुसार वार्षिक ५६ हजार डलर राजस्व भएको कम्पनीको मालिक हुनु, वा कम्तीमा ५ पूर्णकालिक कर्मचारी भएको व्यवसाय सञ्चालन गर्नु पर्छ । त्यसैगरी, लगानी गर्न सकिने कम्पनीहरूमा पनि केही सीमाहरू छन् । उदाहरणका लागि, कम्पनी कम्तीमा पाँच वर्ष पुरानो हुनुपर्छ । साथै, जुवा व्यवसाय, फास्ट–फूड फ्रेन्चाइज, र सुर्ती–सम्बन्धित उद्योगहरूमा लगानी गर्न भने न्यूजिल्यण्डमा पूर्ण रूपमा प्रतिबन्ध छ ।

न्यूजिल्याण्डमा २५ हजार भन्दा बढी नेपालीहरु स्याथी बसोवास गरीरहेको तथ्यांक छ । पछिल्लो समय नेपाली विधार्थीहरुको आकर्षक गन्तव्य बनेको छ । बर्षेनी ३ देखि ५ हजार भन्दा बढी विधार्थी उच्च शिक्षा अध्धयनका लागि जान थालेको बताईन्छ । केहि ठुला व्यापारीहरुले न्यूजिल्याण्डमा व्यवसाय पनि गरी रहेका छन ।

Leave a Reply