Home Login

मड्रिड (स्पेन) — विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँ स्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री […]

माल्टा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक माल्टामा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग माल्टा र माल्टामा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् । उक्त हस्ताक्षर अभियान जुन २९ आइतबार, माल्टाको बुजिब्बा स्थित सालिनी […]

अमेरिका — अमेरिकी सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले अमेरिकी राष्ट्रपतिहरुको अधिकार क्षेत्रलाई बलियो बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र भविष्यका अमेरिकी राष्ट्रपतिहरूलाई यो फैसलाले महत्वपूर्ण जित दिलाएको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले गरेका सयौ कार्यकारी आदेशविरुद्ध संघीय अदालतहरुले रोक लगाएपछि सर्वोच्च अदालतले कार्यकारी राष्ट्रपतिका अधिकारहरुलाई साँघुरो बनाउने गरी अदालतहरूको […]

पोर्चुगल — उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन् । विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ । इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो । यस्तै पोर्चुगलको दुई-तिहाई […]

पोर्चुगल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक पोर्चुगलमा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग पोर्चुगल र पोर्चुगलमा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् । उक्त हस्ताक्षर अभियान पोर्चुगलको राजधानी लिस्बनस्थित अलमेदा पार्कमा हुने भएको […]

डेनमार्क — नेकपा (एमाले) का केन्द्रीय सचिव, ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई डेनमार्क आउने भएका छन् । आगामी जुन २८ तारिख शनिबार प्रवासी नेपाली मंच डेनमार्क द्वारा आयोजीत ‘स्वागत, भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रमका लागि योगेश भट्टराई डेनमार्क आउने भएका हुन् । प्रवासी नेपाली मंच डेनमार्कका अनुसार, […]

स्पेन — प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार स्पेन आउने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि […]

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को सदस्यताका लागि जम्मा ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन् । नयाँ सदस्यता तथा नवीकरणका लागि निर्धारित बुधबार २५ जुन राती २३ः५९ बजेको समयसिमाभित्र ती आवेदनहरु प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ । प्राप्त आवेदनहरुमध्ये जम्मा १ हजार ९ सय २७ सदस्यता स्वीकृत भइसकेका छन् […]

माल्टा — गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद माल्टाले सदस्यता दर्ता प्रक्रियाको काम स्थगित भएको विज्ञप्ति निकाले पनि सदस्यता दर्ता प्रक्रियाको काम नरोकी कायमै रहेको छ । एनआरएनए माल्टाले मे २६ देखि जुन २६ तारिखसम्मका लागि सदस्यता खुला गरेको थियो । सदस्यता दर्ताको काम भइरहेको बेलामा जुन २१ तरिखका दिन एनआरएनए माल्टाका अध्यक्ष रेमलाल […]

लन्डन — नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले […]