पोर्चुगल — पोर्चुगलमा क्रियाशील झापालीहरूको साझा संस्था, झापाली समाज पोर्चुगलले नयाँ कार्यसमिति पाएको छ । समाजको हालै सम्पन्न निर्वाचनबाट सचिन लिम्बुको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुप खड्का चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा दिपेश थापा, नबिन खड्का र सन्तोष गौतम रहनुभएको छ ।
यसैगरी, महासचिवको महत्त्वपूर्ण जिम्मेवारी दिपक पोख्रेलले पाउनुभएको छ भने सचिबमा सुशिल अधिकारि र कोषाध्यक्षमा टिकाराम भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कार्यसमितिका सदस्यहरूमा बिनोद बिष्ट, सौरभ खड्का, बिनय सेन भण्डारी, पुष्प सुबेदि, नरेन्द्र भट्टराई, प्रदिप पराजुलि, गोपाल खनाल, गोपाल घिमिरे, एलिसा लिम्बु, रोसनी लामा, रोसन उप्रेती, मञ्जु अधिकारि, रोचक देवान, जीवन बिष्ट, राजेश प्रधान, रबिन चौधरी र सुस्मिता नेउपाने रहनुभएको छ ।
समाजको सम्पूर्ण कार्यसमिति सर्वसम्मत गराउन गठित निर्वाचन समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । निर्वाचन समितिमा सुमन शर्मा चम्लागाइ, अन्जान मिश्र र सुबास बस्नेत रहनुभएको थियो ।
नवनिर्वाचित समितिलाई अन्य इच्छुक र आवश्यक सदस्यहरूलाई मनोनित गर्ने अधिकारसमेत प्रदान गरिएको छ । झापाली समाज पोर्चुगलको नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पोर्चुगलवासी झापालीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।





