Home Login

इटाली । इटालियन क्लब इन्टर मिलानले स्पेनिश जायन्ट बार्सिलोनालाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-६ को अग्रता कायम गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग ३३गोलको बराबरीमा रोकिएको थियो । मिलानको सान सिरो रंगशालामा भएको […]

क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका पुगेका छ । प्रधानमन्त्रीका रूपमा ट्रम्पसँग मार्क कार्नीको यो पहिलो भेट हो र विश्वले यसमा नजर राखेको छ। ट्रम्पले भने, ‘क्यानडा मेरा लागि एक विशेष ठाउँ हो।’ उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने आफ्नो भनाइमा आफू अडिग रहेको पनि बताए। ट्रम्पलाई जवाफ दिँदै मार्क कार्नीले […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानोलाई मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताको सातौं संस्करणमा प्रतिस्पर्धा गर्ने अन्डर-१५ टोलीमा बोलाइएको छ । १४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्दै आइरहेका छन् । रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आगामी मे १८ को निर्वाचनलाई ध्यानमा राखेर आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारिएको भन्ने आरोप अस्वीकार गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले करिब ४ हजार ५ सय ७४ जना आप्रवासीलाई २० दिनभित्र देश छोड्न सूचित गर्ने प्रक्रिया सन् २०२३ को […]

जापान — अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता देशहरुले विधार्थी भिषामा कडाई गरेपछि जापानमा अहिले विदेशी विधार्थीको गन्तव्य बन्न थालेको छ । त्यसमा पनि नेपाली विधार्थीहरु यतिखेर जापानमा आईरो नै लागेको छ । एक दशकमा जापान जाने नेपाली विधार्थीहरु ३ सय प्रतिशतले बृद्धि भएको बताइएको छ । तथ्यांक अनुसार यतिखेर जापान जाने नेपाली बिधार्थी विश्वभरीबाट जापान […]

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन । वैशाख २० र २१ गते सम्पन्न उक्त महाधिवेशनले अनेकौँ जटिल परिस्थिति र संवेदनशील मोडहरू पार गर्दै आपसी समझदारी, समावेशिता र […]

एलिया लिम्बु (साइप्रस) — युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय संस्था किरात राई यायोक्खा साइप्रसले किराती समुदायहरुको राष्ट्रिय पर्व उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ को आयोजना गरेको छ । आइतबार मे ११ तारिखमा लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा हुने कार्यक्रमको प्रचारप्रसार अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए ।  किरात राई […]

पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२ औं पाँचथर कप बीवाईएनसीले जितेको छ ।  लन्डनको हन्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा शनिबार ३ मेमा भएको पाँचथर कप नाइन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेलमा क्यूजी सिग्नल्सलाई ० – १ गोलले पराजित गर्दै बीवाईएनसीले उपाधि हात पारेको हो । उक्त मेन टिममा बीवाईएनसीका राहुल लिम्बुले अत्यधिक स्कोर […]

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान मार्सामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय नेपाली एक पुरुष अस्पतालमा भर्ना भएका छन् । सम्बन्धित निकायबाट जानकारी प्राप्त भए अनुसार उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । माल्टाको मसिडामा बस्ने ती व्यक्ति दिउँसो २:३० बजे ट्रिक डिकेम्ब्रु टेलट्याक्समा किम्को मोटरसाइकल अनियन्त्रित हुन पुगेपछि पोलमा ठोकिन पुगेको प्रहरीले […]

बेलायत — बेलायती डायष्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने भएकी छन् । गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने भएको आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जनाए । अर्की चर्चित खेलाडी प्रिती राईलाई समेत ल्याउने तयारी भइरहेपनि उनको अन्तरराष्ट्रिय खेलका कारण व्यस्त भएर पक्का भइनसकेको […]