Home Login

बेल्जियम, आन्त्वर्पेन —  ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ प्रवासी नेपाली मंच युरोप महादेश समितिको दोस्रो भौतिक विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी ८ र ९ जुन २०२५ मा भव्य रूपमा आयोजना हुन लागेको छ। कार्यक्रम बेल्जियमको ऐतिहासिक शहर आन्त्वर्पेनमा सम्पन्न हुने छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव श्री शंकर पोखरेल रहनेछन्। […]

बुकारेस्ट — मे १८ — रोमानियाको २०२५ मे १८ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार तथा हालका बुकारेस्टका मेयर निकुशोर डान (Nicușor Dan) विजयी भएका छन्। उनले आफ्नो मुख्य प्रतिस्पर्धी, राष्ट्रवादी उम्मेदवार जर्ज सिमिओन (George Simion) लाई स्पष्ट मतान्तरले पराजित गर्दै कुल ५३.६ प्रतिशत मत प्राप्त गरेका हुन्। यस ऐतिहासिक जितसँगै निकुशोर डान अब रोमानियाको […]

बेलायत — पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनी सभाकी सांसद गीता गुरूङ बेलायत आएको बताइएको छ । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् । गीता अब बेलायतमै बस्ने […]

पोर्चुगल — पोर्चुगलमा आम चुनाव आउन एक हप्ता बाँकी रहदा वर्तमान प्रधानमन्त्री तथा सामाजिक प्रजातान्त्रिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रोले नेतृत्व गरिरहेको सत्तारूढ डेमोक्रेटिक एलायन्स (AD) ले मे १८ मा हुने आम निर्वाचन अघि सार्वजनिक गरिएको नयाँ मत सर्वेक्षणमा अग्रता कायम राखेको छ । संसदमा स्पष्ट बहुमतका लागि चाहिने मत प्राप्त गर्ने सम्भावना भने […]

बेलायत — प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आगामी मे १८ को निर्वाचनलाई ध्यानमा राखेर आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारिएको भन्ने आरोप अस्वीकार गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले करिब ४ हजार ५ सय ७४ जना आप्रवासीलाई २० दिनभित्र देश छोड्न सूचित गर्ने प्रक्रिया सन् २०२३ को […]

बेलायत — बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोमा नेपाली मूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी बनेकी हुन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए। काउन्सिलर […]

लिस्बन, २७ अप्रिल  — एक बर्ष अघिसम्म  सत्तामा रहेर पोर्चुगलमा झण्डै १० बर्ष शासन गरेको र हाल प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी( PS) का महासचिव तथा पार्टी प्रमुख पेद्रो नुनो सान्तोससंग एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापाले भेटेका छन् । शुक्रबार २५ अप्रिल पोर्चुगलको नागरिक स्वतन्त्रता दिवस (Dia da Liberdade) को अवसरमा महासचिव सान्तोससंग लिस्बनको मार्केस […]

लण्डन — राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनमा सम्बोधन गर्न रास्वपा नेता माननीय डा स्वर्णिम वाग्ले लण्डन आइपगेका छन्। उनी शुक्रबार लण्डन आइपगेका हुन् । रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्लेलाई रास्वपा यूके सभापति पवन शर्मा एबम रास्वपा सदस्य रमेश बेलबासे लगायतले स्वागत गरेका थिए । अप्रिल २८ […]

नर्वे — जनसम्पर्क समिति नर्वेको अप्रिल २० आइतबार भएको निर्वाचनबाट अध्यक्षमा परशमणि मिश्र बिजयी भएका छन् भने उपाध्यक्षमा गणेश थापा, चक्र बिक्रम शाही,  रमेश घिमिरे, गोविन्द अधिकारी (गिरीराज अधिकारी) बिजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर शाही, महामन्त्री रमेश सुवेदी, सह महामन्त्री  कृष्ण बहादुर  खत्री, नरेश बस्कोटा, विनोद श्रेष्ठ, कोषाध्यक्ष निर्मला परियार र सदस्यहरू […]