Home Login
राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइप्रसमा

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइप्रस आइपुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनी आइतबार साइप्रस आइपुगेको जानकारी गराएका हुन् । उनी साइप्रसपछि क्यानाडा र क्रोएसियाको भ्रमण गर्ने तयारी गरेका छन् ।

उनी साइप्रस गणराज्यका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसको निम्तामो १५ जुनदेखि १६ सम्म साइप्रसको भ्रमणमा हुनेछन् । भारतीय अधिकारीहरुको भनाइ उधृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाए अनुसार दुई दशकयता भारतीय प्रधानमन्त्रीको साइप्रस भ्रमण यो पहिलो पहिलोपटक हो ।

साइप्रसको राजधानी निकोसियामा मोदीले साइप्रसका राष्ट्रपतिसँग भेटवार्ता गर्ने छन् । त्यस क्रममा दुई देशबीच व्यापार सम्बन्ध सदृढ बनाउनेबारे कुराकानी हुने जनाइएको छ ।

त्यस अवसरमा आयोजना हुने भेलामा उनले उद्योग, व्यापार क्षेत्रका प्रतिनिधिमाझ सम्बोधन गर्ने तय भएको अधिकारीहरुले उल्लेख गरेका छन् ।

यसैगरी क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको निम्तोमा उनी क्यानाडा आउँदै छन् । जुन १६ र १७ क्यानाडामा आयोजना हुने जी–सेभेन शिखर सम्मेलनमा उनले सहभागिता जनाउने छन् ।

जी–सेभेन शिखर सम्मेलनमा मोदीको यो लगातार छैठौं पटकको सहभागिता हुने भएको हो । क्यानाडाबाट भारतीय प्रधानमन्त्री मोदी जुन १८ मा क्रोएसियाको भ्रमणमा जाने छन् ।

भ्रमणका क्रममा सम्बन्धित देशहरुसँग द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने साथै भूमध्यसागरीय क्षेत्र र युरोपेली संघसँगको सम्बन्धलाई अझ बलियो बनाउने प्रयास हुने जनाइएको छ ।

क्यानाडामा हुने सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय संगठनहरुका प्रमुखहरुसँग महत्वपूर्ण वैश्विक मुद्दाहरुमा छलफल हुने भएको छ ।

त्यस क्रममा ऊर्जा सुरक्षा, औद्योगिक क्षेत्रको विकास लगायत विषयमा कुराकानी हुनेछ । शिखर सम्मेलनकै क्रममा उनले फरक फरक देशका प्रमुखहरुसँग बेग्लाबेग्लै भेटवार्ता पनि गर्ने भएका छन् ।

Leave a Reply