Home Login

आज अक्टोबर २६ तारिख शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ — १) नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम हुँदै : — पोर्चुगलमा महिलाहरूको एक सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान […]

युरोप — पछिल्लो बर्षहरुमा भन्दा २०२० देखि यता हेर्ने हो भने युरोप आउने नेपालीहरुको सङ्ख्या बढेको पाइन्छ । उसो त खाडी मुलुक आएर पनि युरोप छिर्नेहरुको संख्या उतिकै बढेको छ । हुन त युरोप आउने नेपालीहरु मात्र उतिकै मात्रमा होइन अरु विदेशी नागरिकहरु पनि छन्। युरोपमा बस्नको लागि योग्य र सुरक्षाको हिसाबले पनि राम्रो भएकोले […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । […]

पोर्चुगल । आप्रवासीहरुको हक र हितमा कनम गर्दै आएको एआईएमएले अझै सहज बनाउनको लागि देशभरका विभिन्न स्थानमा १५ वटा सेवा केन्द्रहरु यसै महिनामा सञ्चालन हुने घोषणा गरेको छ । सेप्टेम्बरदेखि लिस्बनमा सञ्चालन भइरहेको सबैभन्दा ठूलो बाहेक अन्य  ब्रागा र पोर्टोमा आप्रवासी सेवा केन्द्रहरू खोल्ने भएका हुन्। लिस्बन, ब्रागा र पोर्टोमा सेवा केन्द्रहरू सबैभन्दा ठूलो हुनेछन् […]

आश्विन शुक्लपक्ष द्वादशीका दिन सोमबार दशैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो । उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको कलंकीको ट्राफिक प्रहरीले बताए । करिब १३ लाख सर्वसाधारणले उपत्यका […]

पोर्चुगल — युरोपमा डिजिटल पत्रिका,युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं। हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, […]

(दशैँको समयमा विमानस्थलको आन्तरिक उडानतर्फ देखिएको भीड) बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज […]

१० अक्टोबर । प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु. ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो। अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा […]

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण […]

(नेपाल पत्रकार महासङ्घको तीनै तहको निर्वाचन आगामी मङ्सिर २८ गते गरिने) अक्टोबर ०६ काठमाडौं २०२४। सदस्यता विवादका कारण पटक–पटक मिति तोकिंदैं, रोकिंदै आएको नेपाल पत्रकार महासङ्घको तीनै तहको निर्वाचन आगामी मङ्सिर २८ गते शुक्रबार गर्ने निर्णय भएको छ । मध्यपुरथिमिको बोडेमा असोज १९ गते राति सम्पन्न भएको नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय […]