Home Login
राजनीति

रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।

न्यायाधीश मिलनकुमार राईको इजालसले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन मगाउन आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलगायत ७ जना प्रतिवादीलाई छाड्न थुनछेक आदेश दिएको थियो ।

रविले धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्ने जिकिरसहित सोमबार उच्चमा निवेदन दर्ता गराएका थिए ।

Leave a Reply