पोर्चुगल

तामाङ समाज पेगोइसले मनाइयो सोनाम ल्होछार 

पोर्चुगल — तामाङ समाज पेगोइसले २८६१औं डुल ल्हो सर्प वर्ग सोनाम ल्होछार पेगोइस स्थित सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ। 

‘संसार भरिका तामाङ एक हौं, आफ्नो भाषा ,धर्म र सस्कृतीलाई जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम काजि तामाङको अध्यक्षतामा भएको हो।

तामाङ बुद्धिजीवी रेशमलाल तामाङको प्रमुख तथा युवा ब्यवसायी तथा समाजसेवी प्रकाश जिसीको विशेष आतिथ्यमा विविध सांस्कृतिक कार्यक्रम सहित भएको हो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले ल्होछारको शुभकामना दिएका थिए।

कार्यक्रममा उपस्थित सम्पुर्ण च्याङ्बा र मैच्याङहरु आफ्नो तामाङ भेषभुषामा सजिएर सेलो गीतमा नाच्दै आफ्नो मौलिक परिकारहरु ग्रहण गर्ने अबसर पाउँदा परदेशमा रहेता पनि स्वदेशकै झल्को दिएको थियो।

तामाङ तथा अन्य नेपाली समुदायको भब्य उपस्थित रहेको कार्यक्रममा सोनाम ल्होछारको बारे तथा समितिको उद्देश्यसहित भावी कार्यक्रमको बारे आर्थिक विभाग प्रमुख रमेश लामाले प्रष्ट्याएका थिए।

आयोजक कमिटी सदस्य चरीमाया तामाङले खाप्से र समाजसेवी लक्ष्मी थोकर तामाङद्वारा खादा तथा लुङ्दार कार्यक्रमलाई सौजन्य प्रदान गरिएको जानकारी रमेश लामाले गराए।

पुष्पा घले तामाङ र सरिस्मा थापाले अतिथि तथा उपस्थित पाहुनाहरुलाइ खादा तथा ब्याच बितरण गरेका थिए।त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य डेविड लामाले र सञ्चालन मनबिर लामा तथा अन्जना बोहराले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *