पुस्तक रेग्मी ।
काठमाडौं — विदेशमै बस्ने भन्दै एक वर्षमा ६६ हजार बढी नेपालीले नेपाल छाडेका छन्। अध्यागमन विभागले एक तथ्याङ्क जारी गर्दै ६६ हजार ८ सय ३५ जनाले नेपालबाट स्थायी बसोबासका लागि विदेश बसाइ सरेको जनाएको हो ।
तथ्याङ्क अनुसार यसरी बसाई सर्नेमा ३४,५४४ जना पुरुष र ३२,२८७ महिला छन्। सन् २०२३ को तुलनामा यो स्थायी बसोबासका लागि देश छोड्नेमा तुलनात्मक रुपमा केही घटेको छ। सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए।
यद्यपि अस्थायी बसोबासका लागि देश छाड्ने भने यसपटक बढेका छन्। सन् २०२३ मा अस्थायी बसोबासको प्रयोजनका लागि १ लाख ८ सय २७ नेपाली विदेशिएका थिए, सन् २०२४ मा यो संख्या ९२,३४९ मा झरेको छ। विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजीमा ८,५६,४२२ नेपाली विदेशिएका छन्।
यस्तै अध्ययनका लागि १ लाख १९ हजार ४०९ ,स्वास्थ्य उपचारमा १८ हजार ७१३ र खेलकुद जन्य गतिविधिका लागि २ हजार बढी नेपाली विदेशिएका छन्।
Leave a Reply