Home Login
प्रवास

इजरायल सरकारद्वारा आप्रवासी कामदारहरूको तलबमा वृद्धि

फेब्रुअरी ६ इजरायल — इजरायलले आप्रवासी कामदारहरूको तलबमानमा वृद्धि गरेको छ। इजरायल सरकारले हाल कायम मासिक न्यूनतम तलबलाई ६ प्रतिशतले बढाएको हो। नयाँ तलबमान अनुरुप अब इजराइलमा काम गर्ने आप्रवासी कामदारले न्यूनतम ६ हजार २ सय ४८ इजरायली सेकेल अर्थात् २ लाख ४२ हजार मासिक तलब पाउनेछन्।

यस अगि मासिक न्युनतम तलब ५ हजार ८ सय ८० इजरायली सेकेल अर्थात् २ लाख २८ हजार रुपैयाँ थियो ।

बढ्दो महङ्गीका कारण कामदारलाई जीवनयापन गर्न कठिन नहोस् भनेर तलब बढाइएको इजरायल सरकारले बताएको छ।

बढेको तलब आगामी अप्रिल १ देखि लागु हुनेछ यसको प्रत्यक्ष लाभ इजराइलमा कार्यरत नेपाली कामदारलाई समेत पर्नेछ। इजराइलमा करिब ५ हजार नेपाली कार्यरत छन्।

Leave a Reply