युरो नेपाल प्रतिनिधी, काजाब्लांका । क्यासेल्लो —
एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै’ नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ ।
नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दात्रि संस्थालाई सम्मान गरिएको हो ।
सो अवसरमा दात्रि संस्थाका पदाधिकारीहरु संग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभब र स्थलगत कठिनाईका बारेमा अन्तरक्रिया पनि गरिएको हो ।
नेपाल बेल्जियम डे समारोहको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दीप प्रज्वन गरि संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत लम्सालले नेपाल र बेल्जियमको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन दुई देशका सांस्कृतिक मुल्य मान्यताको सम्मान हुनु पर्छ भन्नु भयो ।
नेपाली डायसपोराका गतिविधिले नेपाललाई विश्वमा चिनाउने काम गरेको छ, नेपालीहरु जहा रहे पनि शान्ति र सद्भाव बाढेर बसेका छन् भन्नु भयो । जनस्तरको सम्बन्ध र मित्रतालाई बलियो बनाउन बेल्जिक दात्रि संस्थाले गरेको योगदानलाई दुताबास र नेपाल सरकारले उच्च मुल्यांकन गरेको उहाले बताउनु भयो ।
लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी र उपमेयर दिर्क भानसेनाले नेपाली नयां बर्षको शुभकामना समेत दिनु भएको थियो ।
एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले नेपालका दुर्गम क्षेत्रमा नेपाली जनताको सेवा गरेका दात्रि संस्थाका प्रतिनिधिहरुलाई सम्मान गर्न, अनुभब र सुझाब सुन्न पाउदा खुसि लागेको बताउनु भयो ।
एनआरएनए आईसीसी सदस्य एबम कार्यक्रम संयोजक मदन दवाडीले अतिथिहरुलाई स्वागत गर्दै नेपाल बेल्जियम डे को अबधारणा र उद्यस्य बारेमा जानकारी गराएर बिषय प्रवेश गराउनुभएको थियो ।
नेपाली र बेल्जियमका राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रममा नेपाली बालबालिकाहरुले नेपाली संस्कृति झलकाउने पोशाक सहित लोक सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए ।
कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु गंगाधर गौतम, प्रेम गुरुङ, लोक दाहाल र चित्र सुबेदी, आइसीसी सदस्य भिम सुबेदी हरि भट्टराई, ब्रुगे नगरपालिका सदस्य प्रज्ञा तिमिल्सिना, लुभेन नगपालिका उपप्रमुख बर्थ कोर्नेली लगायत नेपाली दुतावासका अधिकारीहरु र नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालका चर्चित लोक गायक पशुपति शर्माले आफ्ना गीतमा उपस्थित दर्शकलाई नचाउदै मनोरंजन दिनुभएको थियो ।
सांस्कृतिक कार्यक्रमबाट संकलन भएको रकम म्यानमारमा हालै गएको बिनासकारी भुकम्प पिडितलाई बेल्जियम बस्ने नेपालीभाषी बर्मेलीहरु मार्फत सहयोग गर्ने एनआरएनए बेल्जियमले जनाएको छ ।
सांस्कृतिक कार्यक्रमको संयोजन सदस्य रमेश सापकोटाले गर्नुभएको थियो । अध्ययन तथा रोजगारीको सिलसिलामा बेल्जियम पुगेका नेपालीहरूको उक्त कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।
Leave a Reply