Home Login

लिस्बन — चर्चित राइड-हेलिङ सेवा प्रदायक कम्पनी बोल्टले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आफ्नो एपमा एक महत्त्वपूर्ण फिचर थप गरेको छ । अब यात्राका क्रममा ड्राइभरले तीव्र गतिमा वा लापरवाह तरिकाले गाडी चलाएको महसुस भएमा यात्रुले सोझै एपमार्फत रिपोर्ट गर्न सक्नेछन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै युरोपेली कम्पनी बोल्टले यो नयाँ सुविधा सार्वजनिक गरेको […]

पोर्चुगल — राहदानी विभागले विभिन्न जिल्ला र विदेशस्थित नेपाली नियोगहरूका लागि तयार भएका राहदानीहरूको विवरण सार्वजनिक गरेको छ । विभागले २०८२ मंसिर १० गते एक सूचना जारी गर्दै २०२५ नोभेम्बर १ सम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जानकारी गराएको हो । विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि प्रमुख […]

पोर्चुगल — पोर्चुगलस्थित अमेरिकी दूतावासले लिस्बनको हम्बर्टो डेल्गाडो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुहरूका लागि एक गम्भीर “ट्राभल अलर्ट” (यात्रा चेतावनी) जारी गरेको छ । विशेष गरी अमेरिका उडान गर्ने यात्रुहरूलाई लामो लाइन र प्रक्रियागत ढिलाइका कारण उडान छुट्न सक्ने भन्दै सचेत गराइएको हो । चाडपर्वको समय र नयाँ अध्यागमन नियमका कारण विमानस्थलमा अत्यधिक भीडभाड बढेको […]

फ्रान्स — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको बढ्दो लत र यसबाट सिर्जना भएका मानसिक तथा सामाजिक समस्याहरूलाई मध्यनजर गर्दै युरोपेली संसदले ऐतिहासिक कदम चालेको छ । संसदले हालै युरोपेली संघ (इयु) का २७ वटा देशहरूमा लागू हुने गरी सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर हद र कडा नियमनको माग गर्ने प्रतिवेदन अत्यधिक बहुमतले पारित गरेको […]

पोर्चुगल — पोर्चुगलका विमानस्थलहरूमा, विशेष गरी राहदानी जाँचमा यात्रुहरूले भोग्नुपरेको लामो लाइन र ढिलाइको समस्या समाधान गर्न सरकारले महत्त्वपूर्ण कदम चालेको छ । पोर्चुगलको सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले युरोपेली सीमा तथा तटरक्षक एजेन्सी सँग मिलेर काम गर्ने सम्झौता गरेको छ । यस अन्तर्गत सन् २०२६ को सुरुदेखि पोर्चुगलका मुख्य विमानस्थलहरूमा लगभग ५० जना फ्रन्टेक्सका […]

पोर्चुगल (लिस्बन) — युरोपेली मुलुक पोर्चुगललाई कर्मथलो बनाएका नेपाली कलाकारहरूको सक्रियतामा नयाँ मौलिक कौडा गीत ‘सम्झनाको फोटो’ सार्वजनिक भएको छ । शुक्रबार (नोभेम्बर २१) ‘डिजिटल लिस्बन’ को विशेष प्रस्तुतिमा यो गीत बजारमा आएको हो । प्रवासमा रहेर पनि नेपाली लोक भाका र संस्कृतिको संरक्षणमा जुटेका सर्जक मलीनराज गुरुङ र गायिका गीता पैजा मगरको सुमधुर स्वरमा […]

माल्टा — चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझीले आफ्नो सांगीतिक प्रस्तुति युरोपसम्म विस्तार गर्ने भएका छन् । ‘हाम्रो संस्कृति हाम्रो शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ‘रमाइलो युरोप टुर’ मार्फत उनीहरूले युरोपमा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् । ‘बीबी इभेन्ट’ ले पहिलो पटक आयोजना […]

हेलसिंकी — चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चाको शिखरमा पुगेका हास्य कलाकार विशाल गौतम आफ्नो प्रस्तुति लिएर युरोप आउने भएका छन् । आफ्नो विशिष्ट शैलीको ‘एकल हास्य प्रहसन’ का लागि चिनिएका गौतमले आगामी नोभेम्बर र डिसेम्बर महिनामा युरोपका विभिन्न देशहरूमा रहेका नेपाली दर्शकलाई हँसाउने भएका हुन् । उनको यो युरोप भ्रमण मामा ईभेन्ट्स र […]

अब उडान भरुँ जस्तो लाग्छ, तर जिन्दगीमा देखेका, चाहेका सबै कुरा कहाँ पूरा हुँदारहेछन र ? सफलताको यात्रामा हरेक पाइला परिस्थितिसँग लड्नैपर्छ ।“आजभन्दा भोलि राम्रो होला” भन्ने आशामा उभिएको वर्षौं बितिसकेछ । मनभित्र गुम्सिएका रहर, इच्छा, सपना ती सबैको हत्यारा आफैँ बनेँ, स्वार्थले भरिएका सम्बन्धहरूलाई टुट्न नदिउँ भनेर समातेँ, तर निस्वार्थ माया कसैबाट पाइन । […]

काठमाडौं —  लोकप्रिय गायक तथा संगीतकार अर्जुन सापकोटाले आफ्नो पछिल्लो सांगीतिक कोसेली ‘झलिको’ सार्वजनिक गरेका छन् । समसामयिक विषयवस्तुमाथि गीत बनाउन सिपालु सापकोटाले यसपटक वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको गहिरो असरलाई गीतको विषय बनाएका छन् । सापकोटाको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा उनीसँगै वर्तमान समयका दुई चर्चित गायिका मेलिना राई र समीक्षा […]