Home Login

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ।  वानएक्स बेट, मेल्बेट, रूपी बेट, […]

पोर्चुगल ।म्याग्दी जिल्ला घर भई पोर्चुगल लाई कर्म थलो बनाउँदै आउँनु भएका जनसम्पर्क समिति पोर्चुगलको सभापति वकील के.सी अहिले एक समाजसेवीका रुपमा चिरपरिचित छन् । प्रदेशी भुमिमा रहेर पनि समाजसेवालाई अग्रसरका रुपामा आफुलाई स्थापित गर्नु आफैमा एक कठिन विषय हो । म्याग्दीमा जन्मिनु भएका के.सी. अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावानर देशभक्त युवानेता तथा समाजसेवी हुनुहुन्छ । पोर्चुगलमा व्यावसाय सञ्चालन गर्दै आउनु भएका के.सी. एक युवा व्यवसायले चिरपरिचित छन् । के.सी. कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै समाजसेवा तथा रानितिकमा पनि आफुलाई स्थापित गर्दै आई रहनु भएको छ । विदेशी भुमिलाई आफ्नो कर्म भुमि बनाएर धेरै नेपालीहरुलाई सहयोग गर्नै आउनु भएको छ । नेपाली जनसंपर्क समिति पोर्तुगल कोसभापती, मोना पोर्तुगलका सल्लाकार, नेपाली कांग्रेस महासमिति सदस्यका रुपमा राजनितिक यात्रामा हुनुहुन्छ । नेपाली जनसंपर्क समिति पोर्तुगलले उक्त भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण गराएको थियो । पोर्तुगल प्रवेश गरिसके पछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिस सम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन जोड उहाँ के.सीकै नेतृत्वले माग गरेको थियो । नेपाली जनसंपर्क समिति पोर्तुगलले  पूर्व परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गर्नु भएको थियो । समितिका सभापति वकिल केसीको नेतृत्वमण्डलले त्तकालिन मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरे पस्चात अहिले काम सहजिकरण र सहज भएको छ । हालै नेपाली वंशज नागरिक संघको केन्द्रिय समितिको वैठले यस स‌घको केन्द्रिय सदस्यका रुपमा मनोनित गरेको छ । समाजसेवीके.सी.लाई उहाँले समाजसेवामा देखाउनु भएको सार्ताले नै मनोनित गरेको संस्थाका संयोजक योगेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११औं महाधिवेशन युवा संयोजक पदमा धादिङका रविन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । धादिङ जिल्ला स्थायी घर भइ हाल पोर्चुगलमा बस्दै आएका अधिकारीले आइसीसी युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् । अधिकारीले संयोजकमा उम्मेदवारी घोषणा गरेपछि एनआरएनएका प्रतिनिधिहरूभित्र खैलाबैला भएको छ । अधिकारीले ‘सबल एनआरएनए आजको […]

सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका तीन, युरोपका दुई, र अफ्रिकाको एउटा देशमा विश्वकप गरिने जनाएको छ ।  दक्षिण दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जेन्टिना र पारग्वेले, युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्कोले विश्वकप आयोजना गर्ने छन् । विश्वकपको शुरुवाती सन् १९३० […]

पेशा, ब्यावसाय र अवसरको खोजिमा नेपालबाट विश्वका बिभन्न देशमा रहेका नेपालीहरुकोबीचमा नेपालीहरुको हक हितको संरक्षणगर्दै भाइचाराको सम्बन्ध स्थापित गर्दै आफूले सिकेको सीप र पूँजीलाई पुन : नेपालमा भित्राउने उद्येश्यले स्थापित गैरआवासीय नेपालीसङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन अक्टोवर १७ देखि २० (असोज ३० गतदेखि कार्तिक ३ ) गतेसम्म काठमाडौँमा हुँदैछ ।अधिबेसनमा ४३ सय प्रतिनिधि सहभागी रहने छन् । २००३ सालमा स्थापति संस्थामा ८७ भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद रहेको संघको राष्ट्रिय समन्य परिसद्का राष्ट्रियअधिबेसन सम्पन्न भै सकेका छन्। विस्वका विभिन्न देसबाट आगामी कार्यकाल २०२३/२०२५ का लागि एन आर एनहरुले उमेदवारी प्रस्सुत गरिरहेका छन्। यसै क्रममा सङ्घको २०२३, अक्टोवर १७ देखि २० सम्म काठमाडौमा हुने महाधिबेशनमा उपमहासचिव पदमा सोम सापकोटाले पनि उम्मेदवारी दिने भएका छन् । बर्तमान कार्यसमितिका प्रवक्ता सोम सापकोटाले पनि आगामी कार्यकालका लागि उपमहासचिव पदमा उमेद्वारी दिने जनाएका हुन् । २०५१/५२ सालदेखि नेपालमा रहेर ब्यावसाय सञ्चालन गदै आएका सापकोटा अवसरको खोजिका लागि बिदेसिएका थिए । सङ्घको स्थापनाकाल देखिनै सक्रिय सापकोटाले विभिन्न पदीय जिम्मेवारीको काम गर्दै नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन्। नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, बैदेशिक रोजगार साथै लगानी मार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका सापकोटाको बिद्धुतिय पुस्तकालय अभियान अहिले पनि छ । उनको अगुवाइमा धेरै स्थानमा पुस्तकालय बनेका छन भने केही बन्ने प्रक्रियामा छन् । सन २००६ देखि बिभिन्न सामाजिक सेवाको काममा सक्रिय हुँदै आएका सापकोटा २००६ मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्य परिसद् पोर्तुगलको सदस्य हुँदै २००८ मा गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष भएपछि भने उनको जिम्मेवारी बढेको थियो । विश्वभरि छरिएर रहेका प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै संस्थालाई साझा संगठन बनाउन उम्मेद्धारी दिएको  बताउने सापकोटा पारदर्शितालाई जोड दिन्छन् । संस्थाले सोचे अनुरुप काम गर्न नसकेको ठहर गर्ने सापकोटा नेपाली संस्कृति र नेपाली रैथाने खानेकुरालाई प्राथमिकतामा राख्नु पर्नेबताउँ छन् । नेपालमा आउने पर्यटकको बसाइ बढाएर दैनिक गर्ने खर्च पनि बढाउने किसिमको योजना छ सापकोटाको । सापकोटाको योजनामा नेपाली सेलरोटी लगायत रैथाने खानालाई बिदेशी सामू परिचय गराउने पनि रहेको छ । नेपाली अचार अहिले बिदेशमा पाउन थालिए पनि पर्याप्त भने छैन, त्यसलाई विश्व बजारमा प्रतिस्पर्धि बनाउन भूमिका रहने सापकोटाको गर्नु पर्ने सूचीमा छ । यसका अलावा नेपालको बारेमा छरिएका भ्रमलाई चिर्न संस्था र सरकारले सहकार्य गर्नु पर्ने एजेण्डा उनको छ । नेपाली मूलका नागरिक भएका देशका बिद्यार्थीका लागि भिषा प्रक्रियामा सहजता भएमा उनीहरुको नेपाल प्रतिको मोह बढाउन सकिन्छ। प्रवास बस्ने नेपालीहरूको साझा सङ्गठन निर्माणमा क्रियाशील हुने र गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी हुनु पर्ने हो त्यो दिन सकेको अवस्था छैन, सापकोटाले भने अब बन्ने नयाँ समितिले भए गरेका कमजोरी सच्चाएर सबै प्रवासीका बीचमा भाइचाराको सम्बन्ध कायम गरिने । संघमा सापकोटाको सहभागिता सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

पहिला पहिला पुलिस रिपोर्ट बनाएर परराष्ट्रको छाप हानेपछि दिल्लीमा स्क्यान कपी पठाइन्थ्यो। त्यो स्क्यानलाई कमसल कपीमा प्रिन्टगरेर नेपाल एम्बेसी हानिन्थ्यो। कतिले त्यही एम्बेसी गरेको पेपरलाई पनि स्क्यान गरेर प्रिन्ट गरेर फेरि अर्को कपी मात्रै क्रोएसियनएम्बेसीमा बुझाउँथे। फलस्वरूप डकुमेन्ट क्रोएसियन एम्बेसी पुग्दा नै एकदम अगतिलो क्वालिटीमा पुग्थ्यो। त्यसलाई उता भारतको क्रोएसियन एम्बेसीले त एसेप्ट गर्थ्यो तर ती कागज अहिले यहाँ क्रोएसियन पुलिस स्टेसनले नमानेर TRC एप्लाई गर्दा “अर्को ओरिजिनल लिएर आइज” भनेर आपत छ। अहिले कथा थोरै बदलियो। अब परराष्ट्र पनि अनलाइन हुने भयो। तैपनि दिल्लीमा यसलाई प्रिन्ट गर्दा राम्रो कपीमा एकदम स्पष्ट रओरिजिनल क्वालिटीमा प्रिन्ट गर्नुस्। नेपाल एम्बेसी गरेपछि यो कागज नदोबारी क्रोएसियन एम्बेसिसम्म पुर्याउनुस्। क्रोएसियन एम्बेसीमा छाप लागेपछि ती कागजका अगाडि पछाडि स्क्यान या कपी गर्नुहोस। ओरिजिनल कागज जतन साथ क्रोएसिया लिएरआउनुस्। पर्मिट, भिसा या जताततै यिनै कपिले काम गर्छन्। सिधै क्रोएसिया आएर TRC एप्लाई गर्दा पुलिस स्टेसनमा ती ओरिजिनल पुलिस रिपोर्ट चाहिने हुन्।

पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।     [wpdevart_like_box profile_id=”100163172292328″ stream=”show” connections=”show” width=”300″ height=”550″ header=”small” cover_photo=”show” locale=”en_US”]

लिस्बन । नेपाली गीत संगीत स्वदेशमा मात्र नभाई विदेशीमा पनि चर्चा परिचर्चा हुदै आएको छ । पोर्चुगलमा पनि एक हप्ता अगाडि मात्र गायक रोशन लामाको शब्द संगीत र आवाजमा रहेको गीतको  म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोलाई पोर्चुगलको राजधानी लिस्बनमा सुटिङ गरेको छ । गीतको म्युजिक भिडियोलाई अभिरल श्रेष्ठ (अविग्राफी)ले छायांकन तथा निर्देशन र पोस्ट–प्रोडक्शन समेत गरेका छन् । र श्रेष्ठलाई सविन गुरुङले साथ तथा सहयोगी दिएका छन् । गीतको म्युजिक भिडियोमा दिक्षा थापा ,पासाङ (जेली) र रोशन लामाले अभिनय गरेका छन् । सुरुमा एक माया गर्ने  जोडीलाई भिडियोमा देख्न सकिन्छ । र अन्तिममा माया गर्ने जोडीको साथ छुटेको हामीले यस भिडियोमा देख्न सकिन्छ । यस भिडियो गायक रोशन लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । फेरि पनि गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला।

[wpdevart_like_box profile_id=”100163172292328″ stream=”show” connections=”show” width=”300″ height=”100″ header=”small” cover_photo=”show” locale=”en_US”] काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो। आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो। केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ। रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए। अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए। तर, देवानी कसुरमा पक्राउनगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। आर्यन धिमाल पोर्चुगलबाट सन्चालित अनलाइन नेपाली न्युज पोर्टलको अफिसियल फेसबुक पेजलाई लाइक र फलो गर्न नभुल्नु होला।