खेलकुद

विश्वकप फुटबल छनोट : यूएई जाने राष्ट्रिय टोलीको बिदाई

                तस्वीर स्रोत : एन्फा/फेसबुक

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबल छनोटको लागि यूएई जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ।

शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा छनोटको दोस्रो चरण खेल्ने टोलीलाई बिदाई गरिएको हो।

यस्तै, एन्फाले यूएईविरुद्ध खेल्ने २३ सदसीय टोली पनि घोषणा गरेको छ। दुबईमा कात्तिक ३० (नोभेम्बर १६ ) मा नेपाल र यूएई आमने सामने हुनेछन्।

            नेपाली टोली — 
गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल,
डिफेन्डर : सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ,

मिडफिल्डर :
लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिस डांगी, सेसेहाङ आङदेम्बे, निशान हमाल

फवार्ड :
अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सन्जिब विष्ट, राजेश परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *