नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलद्वारा देउसी भैलो कार्यक्रम हुने

पोर्चुगल । नेपालीहरुको दोश्रो महान् पर्व दिपावलीको अवसरमा Nepalese Women Association ln Portugal (नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ) आगामी १३ तारिख सोमबारको दिन देउसीभैलो घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।

केही दिन अगाडि देशमा विनासकारी भूकम्पबाट प्रभावित भुकम्प पीडितहरुलाई सहयोग गर्ने साथै संस्थाको कोष मजबुत बनाई देश तथा बिदेशमा भैपरी आउने समस्याहरूमा सहयोगी बन्ने पबित्र उद्देश्य राखेर नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले आयोजन गरेको हो ।

संस्थाले पोर्चुगलबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समेत कार्यक्रममा समय मिलाएर सहभागी भईदिनु हुन हार्दिक निमन्त्रणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *